शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारत र चीनका सैन्य कमाण्डर वार्ताको टेबुलमा

आइतबार, ११ माघ २०७७, १४ : ०७
आइतबार, ११ माघ २०७७

एजेन्सी । पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारत र चीनबीच जारी तनावलाई मध्यनजर गर्दै आज दुबै देशका कमाण्डरहरु नवौं चरणको वार्ता गर्दैछन् । यस वार्तामा विदेश मन्त्रालयका अधिकारी पनि संलग्न छन् । यो वार्ता एलएसी नजिकैको चुशुल सेक्टर अगाडिको चिनियाँ भू–भाग मोल्डो बोर्डरमा आयोजित छ । 

मेइ २०२० देखि नै भारत र चीनबीच तनाव जारी छ । यही समस्यालाई सुल्झाउन भारत र चीनबीच आठ चरणसम्म वार्ता भइसकेको छ ।  तर, अहिलेसम्म कुनै ठोस नतिजा निस्किएको छैन । झन्डै दुुई महिनापछि दुबै पक्षबीच एकपटक फेरि सैन्य स्तरमा वार्ता भइरहेको छ ।

पछिल्लो पटक ६ नोभेम्बर २०२० मा चुशुलमै आठौं चरणको वार्ता भएको थियो । त्यसपछि १८ डिसेम्बर २०२० मा विदेश मन्त्रालयस्तरीय वार्ता भयो । आजको बैठकमा पछिल्ला बैठकका दौरान दुुबै पक्षले उठाएका सवाल र पछिल्ला कदमबाट समिक्षा हुने आँकलन गरिएको छ । 

तनावपूर्ण इलाकाबाट सैनिक फिर्ता गरेर सीमामा शान्ति स्थापित गर्नेबारे वार्ता केन्द्रीत हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पछिल्ला वार्ताका दौरान दुबै देशले सैन्य र राजनीतिक च्यानलमार्फत संवाद र सञ्चार कायम राख्ने सहमति व्यक्त गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप