शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्टार होटलहरुको मापदण्ड निर्धारण, कुन तारा पाउन कस्तो हुनुपर्छ सुविधा ?

आइतबार, ११ माघ २०७७, १७ : ५७
आइतबार, ११ माघ २०७७

काठमाडौं । स्टार होटलहरुले सेवाग्राहीलाई दिइने सुविधाबारे नयाँ मापदण्ड तयार भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्टार होटलहरुले पाएको स्तरअनुसार सो होटलले उपलब्ध गराउनुपर्ने सुविधाको मापदण्ड निर्धारण गरिएको हो । मन्त्रालयले होटल, लज, रेष्टुराँ बार तथा पथप्रदर्शक नियमावली २०३८ ले दिएको अधिकार प्रयोग गरी २०७६ पुस ७ गते प्रकाशित गरिएको मापदण्डलाई संशोधन गरेको जनाएको छ । 

कुन होटलमा कस्तो सुविधा ? 

मन्त्रालयले होटलमा पाइने सेवा सुविधालाई मूलतः भौतिक सुविधा र सेवा, फ्रन्ट अफिस, सेफ्टी एण्ड सेक्युरिटि, हाउस किपिङ, फुड एण्ड वेभरेज सर्भिस, किचेन, खाद्यान्न भण्डार,मानव संसाधनको स्तरलाई आधार लिइएको छ । 

मन्त्रालयले होटलहरुले दिने १ सय ५८ वटा सेवा सुविधा निर्धारण गरी होटलको स्तर अनुसार ती सेवाहरु अनिवार्य हुने वा नहुने छुट्टाएको छ । अनिवार्य नगरिएकालाई ‘अपेक्षित’ सुविधाको रुपमा उल्लेख गरिएको छ । यद्यपि यस्तो मापदण्ड नयाँ होटलको स्तर निर्धारणका लागि मात्रै प्रयोग हुने जनाइएको छ । यसअघि नै स्तर निर्धारण भइसकेका होटलको हकमा यो व्यवस्था पहिले प्राप्त गरिएका स्तर नै मान्य हुने जनाइएको छ । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप