बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पैसाका लागि आफ्नै आमाको हत्या, हत्यापछि गहना र पैसा चोरेर फरार

आइतबार, १५ असोज २०७४, १४ : १५
आइतबार, १५ असोज २०७४

बिन्दु कुमार चौहान 

लुम्बिनी– लुम्बिनी सांस्कृति नगरपालिका ३ का १७ वर्षीय संजय कहाँरले शनिवार राती चिरपट दाउरा प्रहार गरी आफ्नै आमाको हत्या गरेका छन् । आफ्नै आमा ३६ वर्षीया आमा कोकिला कहाँरको हातखुट्टा बाँधेर टाउकोमा चिरपट प्रहार गरी सञ्जय हत्या गरेको प्रहरी चौकी कालीदहले जनाएको छ । 

बाबु रामप्रसाद कहाँरले काम गर्न गएको बेला सञ्जयले आमाको हत्या गरी पैसा अटैची तोडेर डेढलाख नगद आमाको गरगहना समेत चोरेर फरार भएको घटनास्थलमा पुगेका प्रहरीचौकी कालीदहका प्रहरी नायब निरीक्षक चिन्तामणि न्यौपानेले जानकारी गराए । 

लुम्बिनी होक्केहोटेलका कुक रहेका आफ्ना बाबु रामप्रसादको रातीको ड्यूटी भएकाले सोही मौकामा सञ्जयले आमाको हत्या गरी घरकै पैसा चोरेर फरार भएका हुन् । 

आपराधिक प्रबृतिका छोरा संजयले आमासँग पैसा माग्दा नपाएपछि रिसको झोँकमा टाउकोमा चिरपट प्रहार गर्दा आमा भूईँमा ढलेपछि हातखुट्टा बाँधेर पैसा चोर्नकै लागि योजनाबद्ध हत्या गरी फरार भएको प्रहरीको भनाइ छ ।

घटनाबारे अनुसन्धान भइहरेको प्रहरी नायब निरीक्षक न्यौपानेले बताए । मृतक कहाँरको शव भीम अस्पताल भैरहवामा पोष्टमार्टमका लागि पठाइएको छ ।  

आफू १४ बर्षसम्म निःसन्तान श्रीमती कोकिलाकै आग्रहमा चार लाख खर्च गरी जन्माएको छोराले पैसाको लागि आमाको हत्या गरेको भन्दै बाबु रामप्रसादले दुखेसो पोखे ।  

केही दिनअघि मात्रै लुम्बिनी साँस्कृतिक नगरपालिका ३ पडरिया गाँउमा कान्छा भन्ने एहसान मुसलमानले  चिरपट प्रहार गरी आफ्नै श्रीमती नाजमाको हत्या गरी फरार भएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप