बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वमाओवादी लडाकु ओली पक्षमा आउने लहर चलेको छ : महेश बस्नेत

आइतबार, ११ माघ २०७७, २० : ५७
आइतबार, ११ माघ २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता महेश बस्नेतले पूर्वमाओवादीका लडाकु आफूहरुका पक्षमा आउने लहर चलेको बताएका छन् । 

कपिलवस्तुको चन्द्रौटामा युवा सङ्घका पदाधिकारीसँगको भेटघाटका क्रममा सङ्घका पूर्वाध्यक्ष बस्नेतले पूर्वमाओवादीका धेरै नेता प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा आउने क्रम जारी रहेको र  पूर्वएमालेका सबै नेता आगामी वैशाखसम्म ओली नेतृत्वको नेकपामा आउने जिकिर गरे ।

एक प्रसङ्गमा उनले कार्यकारी अध्यक्षका रुपमा पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिइए पनि पार्टी एकताका केही काम गर्न नसकेको आरोप लगाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप