
सभापति देउवाद्वारा वैद्यको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको काठमाडौँ जिल्ला कार्यसमितिका पूर्वउपसभापति दयानन्द वैद्यको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
वैद्यको यही माघ ८ गते त्रिपुरेश्वरस्थित आफ्नै निवासमा निधन भएका हो । सभापति देउवाले आज शोक सन्देशमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरे ।
विसं १९९२ जेठ १३ गते जन्मनुभएका वैद्यले २०१७ सालमा प्रजातन्त्र अपदस्त भएपछि अप्रजातान्त्रिक कदमको विरोधमा उत्रँदा पाँच वर्ष एक महिना कारागार जीवन व्यतीत गरेका थिए ।
वैद्यले काँग्रेसको सङ्गठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै सभापति देउवाले उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ