शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वरुण धवनको विवाहको पहिलो तस्बिर सार्वजनिक: नायकले सोसल मिडियामा लेखे, ‘जीवनभरीको प्रेम आधिकारिक भयो’

सोमबार, १२ माघ २०७७, ०७ : ४४
सोमबार, १२ माघ २०७७

बलिउड नायक वरुण धवन तथा फेसन डिजाइनर नताशा दलालको आइतबार मुम्बईमा विवाह भयो । वरुण धवन आफैंले सोसल मिडियामा विवाहको तस्बिर सेयर गरेका छन् । उनले उनको जीवनभरीको प्रेम आधिकारिक भएको बताएका छन् । उनीहरुले विवाह गरेको स्थल मेन्शन हाउसमा क्यामरा र मिडियामाथि कडा प्रतिबन्ध लगाइएको थियो । 

विवाहबारे समाचार संकलन गर्न पुगेका मिडियाकर्मीका लागि वरुणले खानाको प्याकेट पठाए । यसबाहेक लड्डु पनि पठाइयो । 

फेब्रुअरी २ तारिखमा मुम्बईको जेडब्ल्यू म्यारियटमा रिसेप्सन हुनेछ । भारतीय मिडियामा प्रकाशित खबरका अनुसार यी नवविवाहित जोडी हनिमूनका लागि टर्की जान सक्छन् । 

नताशा आफैंले डिजाइन गरिन् वेडिङ ट्रूजोः

नताशा फेसन डिजाइनर हुन् । उनी आफ्नै नामको लेबल पनि चलाउँछिन् जुन वेडिङ गाउन र ब्राइडल ड्रेसेजका लागि परिचित छ । यस्तोमा उनले आफ्नो विवाहका लागि आफैंले डिजाइन गरेको पहिरन छानिन् । रिपोर्टमा बताइए अनुसार नताशाले मनिष मल्होत्राको डिजाइन लगाउनेछन् तर मनिषको पहिरन  वरुण र उनको परिवारका लागि थियो । 

दीपिका–प्रियंका जस्तै नो फोटो पोलिसीः

दीपिका पादुकोण–रणबीर सिंह र प्रियंका चोपडा–निक जोनसको विवाहमा नो फोटो पोलिसी अपनाइएको थियो । त्यसै गरी वरुण नताशाको विवाहमा पनि यहि नियम पालना गरियो । विवाहमा सरिक पाहुना, इभेन्ट कम्पनीका कर्मचारी, अलिबाग मेन्सनका कर्मचारीको मोबाइल फोन क्यामरामा स्टिकर लगाइएको थियो । 

विवाहमा करण जोहर र मनिष मल्होत्राजस्ता ठूला सेलिब्रिटी सबैभन्दा पहिला पुगे । 

कोभिड–१९ पोजेटिभ हुनेहरुलाई फिर्ता पठाइयोः

कोरोना कालमा भइरहेको विवाहमा संक्रमणको शून्य जोखिम होस् भन्नका लागि मेन्सन हाउसको प्रवेशद्वारमा नै पाहुनाका लागि कोभिड परीक्षण गरियो । ई–टाइम्सको रिपोर्ट अनुसार जसको परीक्षण गर्दा पोजेटिभ आयो, उनीहरुलाई फिर्ता पठाइयो । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by VarunDhawan (@varundvn)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप