बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विवाह अघि वरुण धवनले छोडिदिएका थिए बुवाको घर, के यी कारण हुनसक्लान् ?

सोमबार, १२ माघ २०७७, १० : ३४
सोमबार, १२ माघ २०७७

विदेशमा सन्तान आफ्ना आमाबुवाबाट अलग बस्नु साधारण हो । नेपाललगायत भारतमा आज पनि धेरैजसो मानिसहरु आफ्ना आमाबुवा सँगै बस्छन् । करियर र अन्य बाध्यताका कारण सन्तानले नचाहँदा नचाहँदै पनि आफ्ना आमाबुवासँग अलग बस्नुपर्छ । यस्तै अहिलेको यो समयमा विवाह अघि वा पछि जोडीको छुट्टै घर हुनु एक चलन जस्तै भइरहेको देखिएको छ । 

नेपालमा पनि नायिका प्रियंका कार्की र आयुष्मान देशराज श्रेष्ठ जोशीले विवाहपछि आफ्नो छुट्टै घरमा बस्ने निर्णय लिए । भारतमा आइतबार मात्रै विवाह बन्धनमा बाँधिएका नायक वरुण धवनले विवाह अघि नै बुवाको घर छोडिसकेका थिए । अर्थात्, विवाह पछि यो जोडी आफ्नै घरमा बस्नेछन् । यो परिवर्तित चलनको पछाडि विभिन्न कारण छन् । 

भिन्न शहरमा करियरः

आजकालका युवा आफ्नो करियर बनाउनका लागि भिन्न शहरमात्रै होइन, भिन्न देश जानसमेत हिच्किचाउँदैनन् । यस्तोमा जब उनीहरुको मागी वा प्रेम विवाह हुन्छ, उनीहरु आफ्ना जीवनसाथीसँग त्यो भिन्न शहरमा नै बस्छन् जहाँ उनीरुको पढाई वा जागिर चलिरहेको हुन्छ । यस्तो स्थितीमा उनीहरुसँग आफ्ना आमाबुवाको घरभन्दा टाढा बस्नेबाहेक कुनै विकल्प हुँदैन । 

कपलको स्पेसः

पहिलेको समयमा कपलसको पर्सनल स्पेसजस्ता कुरामा ध्यान दिइँदैनथ्यो । मानिसहरु संयुक्त परिवारमा नै बस्दथे र धेरै वर्षसम्म यस्तै चलन रह्यो । यस्तै अब सानो परिवार साधारण भइरहेको छ । यसको एउटा कारण यो पनि हो कि आजकालका युवा पर्सनल स्पेसलाई महत्व दिन थालेका छन् । उनीहरु विवाह पछिको आफ्नो जीवनमा रमाउन चाहन्छन् र आफ्नै तरिकाले जीवन व्यतित गर्न पनि चाहन्छन् जुन आमाबुवासँग बस्दा लागू गर्न असम्भव छ । 

घर सानो हुँदैछः

पुरानो समयमा संयुक्त परिवारलाई ध्यानमा राखेर निकै ठूला घर बनाइन्थे । यस्तै आजको समयमा फ्ल्याट कल्चर बढ्दै छ, यस्तो अवस्थामा ठूलो परिवार सँगै बस्न मुश्किल छ । सानो घरमा बसिरहेको परिवारमा जब सन्तान ठूला हुन्छछन् तब सबैको सुविधालाई ध्यानमा राखेर एक भिन्न स्थानमा बस्ने निर्णय लिने गर्छन् । 

झै–झगडाबाट बच्नः

सासु–ससुरा र छोरा बुहारी बीचको झगडा सामान्य मानिन्छ । यस्तो स्थितीबाट बच्नका लागि आजकाल जोडी विवाह अघि नै छुट्टै बस्ने व्यवस्था मिलाउन थाल्छन् । युवा जमात् मात्रै होइनन्, तपाईंको वरिपरि यस्ता अभिभावक पनि होलान् जसले विवाहपछि आफ्ना सन्तान साथीसँग छुट्टै बसून् भन्ने चाहना राख्छन् । यो विवाहपछि हुने किचकिचबाट बच्ने राम्रो तरिका हो र सम्बन्ध सधैं सुमधुर र आत्मिय बनाउने चाहना पनि हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप