शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देउवामाथि दबाब बढाउन पौडेल समूहले बोलायो बैठक

सोमबार, १२ माघ २०७७, ११ : २९
सोमबार, १२ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक सोमबारका लागि बोलाइएको छ । मंगलबारलाई बोलाइएको केन्द्रीय समिति बैठकका सन्दर्भमा समूहगत धारणा बनाउन महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा पौडेल समूहको बैठक मध्यान्ह १२ बजेका लागि बोलाइएको हो । 

महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार बैठकमा प्रतिनिधिसभा विघटनविरुद्धको नीति र पार्टीको आसन्न महाधिवेशनका विषयमा छलफल हुनेछ ।


केन्द्रीय समिति बैठकबाट प्रतिनिधि विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणाका लागि दबाब दिने पौडेल समूहको रणनीति छ । यसअघि काँग्रेसले वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र केन्द्रित विरोध प्रदर्शन गरेको थियो ।

अब अदालतको निर्णय पर्खनुको विकल्प पार्टीसँग नभएको संस्थापन पक्षको बुझाइ छ । यस्तै प्रदेश १ र बागमती प्रदेशसभामा पेश भएका अविश्वास प्रस्तावको पक्षमा पार्टी उभिनुपर्ने पौडेल पक्षको जोड छ । सभापति शेरबहादुर देउवा भने प्रदेश संसदीय दलबाटै निर्णय गराउने पक्षमा रहेको बताइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप