
प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–माधव पक्षबाट थप संघर्षका कार्यक्रम घोषणा (भिडियो)

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ ।
सो पार्टीले पार्टी कार्यालय पेरिसडाँडामा सोमबार पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । जसमा सिठ्ठी जुलुसदेखि विरोध प्रदर्शन सम्म रहेका छन् ।
प्रचण्ड माधव पक्षले माघ १३ गते सिठ्ठी जुलुस निकाल्ने र १४ देखि २१ माइतीघर मण्डलामा संविधान सभा सदस्य, संघीय सांसद् तथा प्रदेशसभा सदस्यसहित धर्ना दिने कार्यक्रममा समेटेको छ ।
त्यस्तै माघ १६ गते १ बजे शान्तिबाटीकाबाट ‘जुलुससहित सहिद श्रद्धाञ्जली कार्यक्रम’ लैनचौर प्रस्थान गर्ने, त्यसैगरी विरोध प्रदर्शन र सभा माघ १५ गते बुटलवल, १६ विराटनगर, १७ गते धनगडी गर्ने भएको छ ।
प्रदेशका राजधानीहरुमा विशिष्ट प्रकारका ठोस कार्यक्रमलाई निरन्तरता दिने, समाजका विभिन्न तह र तप्कासँग अन्तरक्रिया गर्ने पनि घोषणा गरेको छ । यस्तै माघ २२ गते काठमाडौमा युवा र्याली, माघ २६ गते देशव्यापी मसाल जुलुस र २८ गते काठमाडौमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले पछिल्लो पटक कुनैपनि पक्षका निर्णय अमान्य घोषणा गरेको प्रश्नमा आफूहरुले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको दावी गरे । उनले निर्वाचन आयोगले कानुनसम्मत निर्णय गर्छ भन्नेमा विश्वस्त रहेको भन्दै आयोगको पत्र हेरेर आवाश्यक निर्णय गर्ने पनि बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ