शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बजार अनुगमन शून्य: ठगिँदै उपभोक्ताहरु

आइतबार, १५ असोज २०७४, १७ : २७
आइतबार, १५ असोज २०७४

परासी– नवलपरासीमा सम्बन्धित निकायले बजार अनुगमन नगर्दा उपभोक्ताहरु ठगिँदै गएका छन् । चाडबाडकाबेला ठगी तथा गुणस्तरहिन खाद्यबस्तु विक्री भइरहेको छ । 

राजधानीमा आपूर्ति मन्त्री आफै अनुगमनमा गइ चासो देखाउँदा पनि जिल्ला भने जिल्ला प्रशासन र सम्बन्धित निकायले बजार अनुगमनतर्फ ध्यान दिएका छैनन् । अखाद्य वस्तु विक्री भइरहेको र उपभोक्ताहरु ठगिएको गुनासो आए पनि प्रशासनले चासो दिएको छैन । 

एकातिर बजारमा विभिन्न बस्ुत तथा समानहरुको चर्काे मुल्यले उपभोक्ता ठगिएका छन् भने अर्काेतर्फ भारतबाट भित्राइएका अखाद्य बस्तु तथा लेवल नभएका र मिति गुज्रिएको सामान पसलेहरुले बिक्री गरिरहेको उपभोक्ताको गुनासो छ । 

सदरमुकाम परासी, महेशपुर, बेलाटारी, गोपीगञ्ज, त्रिवेणी, सुनवल, बर्दघाट लगायतका बजारहरुमा भारतीय चक्र तेल, सेतो अण्डा, भारतीय अवैध कुखुराको मासु, अखाद्य किरानाका समानहरुको विक्री वितरण भइरहेको उपभोक्ताले गुनासो गरेका छन् । 

यता, मिष्ठान भण्डार, रेष्टुरेन्ट, किराना पसलदेखि कपडा पसल, इलेक्ट्रोनिक्स पसलमा समेत लेबल नभएको, म्याद गुजरेको, चर्काे मुल्य कायम गरिएको मालसमानहरु खुल्ला विक्री वितरण भइरहेको छ ।  
 
हिन्दुहको महान पर्व दशैंतिहार र छठ पर्व तथा मुस्लिम समुदायको मोहर्रम पर्वकाबेला उपभोग्य वस्तुहरु बढी खपत हुने भएकाले कालोबजारी बढेको स्थानीय बताउँछन् । तर जिल्ला प्रशासन कार्यालयले भने अखाद्य वस्तु र कालोबजारी भएको उजुरी भएमा तत्काल कारबाही गर्ने जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप