शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हुम्लामा चिनियाँ मदिरा बरामद

सोमबार, १२ माघ २०७७, २० : ५४
सोमबार, १२ माघ २०७७

सुर्खेत । कर्णालीको हिमाली जिल्ला हुम्लामा चिनियाँ मदिरा बरामद गरिएको  छ ।  जिल्लाको खार्पुनाथ गाउँपालिका–४ मा पर्ने खार्पुबाट ठूलो परिमाणमा व्यापारिक प्रयोजनका लागि अवैध रुपमा ल्याइएको चिनियाँ मदिरा प्रहरीले बरामद गरेको हो । 

खार्पुबाट खच्चरमा वडा नम्बर–१ लालीतर्फ ल्याउँदै गरेको १ हजार ३ सय २० बोटल चिनियाँ मदिरासहित  लालीका ३८ वर्षीय धीरेन्द्र शाहीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता हरिराज वाग्लेले थप अनुसन्धान भईरहेको जनाए । मदिरा यसअघि नै चीनबाट भित्रिएको हुन सक्ने र अहिले व्यवस्थापनका क्रममा पक्राउ परेको प्रहरीको अनुमान छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप