शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वृहत् नागरिक आन्दोलनद्वारा तेस्रो जनआन्दोलन घोषणा

सोमबार, १२ माघ २०७७, २१ : ०९
सोमबार, १२ माघ २०७७

काठमाडौं । वृहत् नागरिक आन्दोलनले तेस्रो जनआन्दोलन घोषणा गरेको छ । वृहत् नागरिक आन्दोेलनका तर्फबाट विज्ञप्ति जारी गर्दै युग पाठकले सबैखाले राजनीतिक एवम् साँस्कृतिक प्रतिगमनविरुद्ध तेस्रो जनआन्दोलन घोषणा गरेको बताए ।

शान्तिपूर्ण भेला र मार्चमा भएको प्रहरी दमनले केपी शर्मा ओली नेतृत्वको हताश मनोदशा र दमनकारी चरित्र उजागर गरेको पाठकले बताए । नागरिकले गरेको शालीन र शान्तिपूर्ण अभियानलाई प्रहरीले नै बलजफ्ती मुठभेडमा परिणत गरेको उनको दाबी छ । भेलामा सहभागी नागरिकहरूमाथि प्रहरीले प्रहार गरेको लाठी र पानीको फोहोराबाट दर्जनौँ नागरिकहरू घाइते भएका छन् ।

पाठकका अनुसार घाइतेमध्ये संघर्ष दाहाल, कुमार बर्तौला, सिएन थारु, स्वर्णिम दिनेश, राम नरेश यादव, प्राध्यापक रमेश भट्टराई लगायतको काठमान्डु मोडल अस्पताल, हेल्पीग ह्यान्ड्स र हिमाल हस्पिटलमा उपचार गरिएको छ । गम्भीर घाइते भएका निर्गराज जैसी, जनक ढुङ्गाना, सुरज तामाङ, कुलदिप शर्मा, सुनिल श्रेष्ठ र गोविन्द भण्डारी शिक्षण अस्पतालमा उपचाररत छन् । यो विज्ञप्ति तयार पार्दासम्म जैसीको होस आएको छैन । 

वृहत् नागरिक आन्दोलनद्वारा तेस्रो जनआन्दोलन घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमनविरुद्ध जारी वृहत् नागरिक आन्दोलनको क्रममा आज भएको शान्तिपूर्ण भेलामा सरकारले निर्मम दमन गरेको छ । भेलामा सहभागी नागरिकहरूमाथि प्रहरीले प्रहार गरेको लाठी र पानीको फोहोराबाट दर्जनौँ नागरिकहरू घाइते भएका छन् । घाइतेमध्ये संघर्ष दाहाल, कुमार बर्तौला, सिएन थारु, स्वर्णिम दिनेश, राम नरेश यादव, प्राध्यापक रमेश भट्टराई लगायतको काठमान्डु मोडल अस्पताल, हेल्पीग ह्यान्ड्स र हिमाल हस्पिटलमा उपचार गरिएको छ । गम्भीर घाइते भएका निर्गराज जैसी, जनक ढुङ्गाना, सुरज तामाङ, कुलदिप शर्मा, सुनिल श्रेष्ठ र गोविन्द भण्डारी शिक्षण अस्पतालमा उपचाररत छन् । यो विज्ञप्ति तयार पार्दासम्म जैसीको होस आएको छैन । 
आन्दोलनका विभिन्न चरणमा भएका कार्यक्रमलाई निरन्तरता दिने क्रममा आज कमलपोखरीबाट मार्च पास गर्दै प्रधानमन्त्री निवास, बालुवाटार पुग्ने र कोणसभा आयोजना गर्ने पूर्वघोषित कार्यक्रम थियो । कमलपोखरीको प्राकृतिक संरचना र महत्त्व निमिट्यान्न हुने गरी कंक्रिटका संरचना बनाउने उपक्रमलाई समेत विरोध गर्दै प्रधानमन्त्रीलाई नागरिकको प्रतिरोधी आवाज सुनाउने उद्देश्यले सो मार्च पासको आयोजना गरिएको थियो । 

कमलपोखरीबाट माटोको टीका लगाएर नागरिकहरू बालुवाटारतर्फ मार्च गरेका थिए । प्रधानमन्त्री निवासबाट करीब पाँच सय मिटरवरै भाटभटेनी पीपलबोटमा प्रहरीले ब्यारिकेड राखेर नागरिक आन्दोलनकारीलाई रोकेको थियो । पीपलबोटमा आयोजना गरिएको कोणसभालाई डा गोविन्द केसी, खगेन्द्र सङ्ग्रौला, मोहना अन्सारी र नारायण वाग्लेले सम्बोधन गरेका थिए । प्रदीप देवानले गीत प्रस्तुत गरे भने प्रणिका कोयूले कविता वाचन गरेकी थिइन् । शिल्पी थिएटरले सडक नाटक तथा विमिन इन पोलिटिक्सले प्रदर्शन गरेको थियो । कोणसभापछि शान्तिपूर्ण रुपमा अघि बढेको जुलुसलाई प्रहरीले एक्कासी लाठी र पानीको फोहोरा प्रहार ग¥यो ।
शान्तिपूर्ण भेला र मार्चमा भएको प्रहरी दमनले केपी शर्मा ओली नेतृत्वको हताश मनोदशा र दमनकारी चरित्र उजागर गरेको छ । निहत्था नागरिकहरूले शान्तिपूर्ण आन्दोलन गर्ने लोकतान्त्रिक हक उपयोग गर्दै विधि र पद्धति कायम गर्न माग गरेका थिए, ओली समेतको संलग्नतामा लेखिएको संविधानको मर्म सम्झाउने प्रयत्न गरेका थिए, र हरण गर्न खोजिएको लोकतन्त्रको संवद्र्धनका लागि शान्तिपूर्ण आह्वान गरेका थिए । नागरिकले गरेको शालीन र शान्तिपूर्ण अभियानलाई प्रहरीले नै बलजफ्ती मुठभेडमा परिणत गरेको थियो । यस सरकारी रवैयाको वृहत् नागरिक आन्दोलन घोर भत्र्सना गर्दछ । यसै विज्ञप्तिमार्फत् सबैखाले राजनीतिक एवम् साँस्कृतिक प्रतिगमनविरुद्ध वृहत् नागरिक आन्दोलन तेस्रो जनआन्दोलन घोषणा गर्दछ ।
 
                            
वृहत् नागरिक आन्दोेलनका तर्फबाट
                                 युग पाठक

 

                            

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप