बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री प्रभु साहद्वारा प्रदेश २ सरकारको आलोचना

सोमबार, १२ माघ २०७७, २१ : ४०
सोमबार, १२ माघ २०७७

रौतहट । नेपाल सरकारका सहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ सरकारको आलोचना गरेका छन् । उनले प्रदेश २ को सरकार विपन्न र दलित विरोधी रहेको आरोप लगाए ।  रौतहटको कटहरियास्थित मुस्लिम अगुवासँग कुरा गर्दै मन्त्री साहले मदरसालाई पनि सरकारी अधिकार दिलाउने र रौतहटमा मुस्लिम युनिभर्सिटी स्थापना गर्ने प्रतिवद्धता जनाए । 

संघीय सरकारले बर्सेनि अरबौं रुपैयाँ दलितहरुको भवन निर्माणका लागि पठाउँदा पनि प्रदेश सरकारको नालायकीपनको कारण दलितको घर निर्माण हुन नसकेको उनले बताए । कम्युनिस्ट सरकारले मुस्लिम आयोग बनाएको, आफूले पनि मुस्लिम अधिकारका लागि पटक पटक आवाज उठाउँदै आएको र हक अधिकारका लागि सदैव संघर्ष जारी राख्ने उनको भनाइ थियो ।

सोही अवसरमा सहभागीहरुले मदरसा दर्ताका लागि छुट्टै कानुन, मुस्लिम शिक्षा, मुस्लिम युनिभर्सिटी निर्माणका लागि ध्यानाकर्षण गराएका थिए ।  उक्त अवसरमा निवर्तमान सांसद समिना हुसेन, प्रदेश सांसद कुन्दन कुश्वाहा लगायत उपस्थित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप