सेनाद्वारा २५ नाल भरुवा बन्दुक बरामद
काठमाडौं । नेपाली सेना र शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रबाट २५ नाल भरुवा बन्दुक बरामद गरेको छ । यही माघ ७ गतेदेखि ११ गतेसम्म स्थानीय जनप्रतिनिधिसमेतको सहयोगमा उक्त परिमाणमा हतियार बरामद भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
माघ ७ गते जगदुल्ला गाउँपालिकाबाट स्थानीय जनप्रतिनिधिको रोहवरमा १६ नाल भरुवा बन्दुक बुझेको, १० र ११ गते सोही गाउँपालिकाको सिम्लौना भन्ने स्थानमा रहेको गोठमा सर्च गर्दा २ नाल भरुवा बन्दुक फेला परेको निर्देशनालयले जनाएको छ ।
यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष, मध्यवर्ती अध्यक्ष तथा स्थानीयको रोहवरमा पुनः थप ७ नाल भरुवा बन्दुक सेनाको टोलीले बुझेको जनाइएको छ । माघ १० र ११ गते बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत दाङ जिल्लाको बबई गाउँपालिका–१ को खयरखुट्टीस्थित एक जनाको घरबाट समेत एक नाल भरुवा बन्दुक बरामद गरी बाँके राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको निर्देशनालयले जानकारी दिएको छ ।
स्थानीय जनप्रतिनिधिहरुको सहयोगमा भरुवा बन्दुक जस्ता हातहतियारहरु सरकारी निकायलाई हस्तान्तरण गर्नु अति नै प्रशंसनीय कार्य रहेको र यसबाट स्थानियवासीहरु सचेत हुँदै गएको एवं निकुञ्ज सुरक्षा प्रशासनको विश्वसनियता बढ्दै गएको निर्देशनालयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ