शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय सेनाको हेलिकप्टर दुर्घटना

सोमबार, १२ माघ २०७७, २३ : ००
सोमबार, १२ माघ २०७७

एजेन्सी । जम्मु कश्मीरमा सोमबार भारतीय सेनाको ध्रुव हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टर दुर्घटनामा परेर एक पाइलटको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । हेलिकप्टर दुर्घटना परेलगत्तै गम्भीर घाइते भएका २ पाइलटलाई नजिकैको आर्मी अस्पतालमा भर्ना गरिएपनि एक जनाको मृत्यु भएको दैनिक भाष्करले जनाएको छ । कठुआका एसएसपी शैलेन्द्र मिश्राले हेलिकप्टरर दुर्घटनामा परेको पुष्टि गरेका छन् ।

त्यस्तै प्रहरीका डेपुटी कमिस्नर ओपी भगतले भने–‘इन्डियन आर्मीको ध्रुव हेलिकप्टर कठुआको लखनपुर इलाकामा साँझ ७ बजेर १५ मिनेटमा दुर्घटनामा परेको छ । दुर्घटनामा २ पाइलट गम्भीर घाइते भएका थिए । दुबै जनालाई अस्पताल पुर्याइएको थियो तर एकजनाको मृत्यु भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप