बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी राजदूत बेरीद्वारा भेटघाटमा तीव्रता, देउवालाई पनि भेटे

सोमबार, १२ माघ २०७७, २३ : ०७
सोमबार, १२ माघ २०७७

काठमाडौं । अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । सोमबार राजदूत बेरीले सभापति देउवा निवास बुढानीलकण्ठ पुगेर भेटवार्ता गरेका हुन् । 

देउवासँगको भेटमा नयाँ अमेरिकी राष्ट्रपति जो बाइडेनको विश्वव्यापी प्राथमिकताहरूबारे छलफल भएको बेरीले ट्वीटरमार्फत जानकारी दिए ।

 

नेपाल सरकार र राजनीतिक पार्टी नेताहरूसँग आफू उच्चस्तरीय छलफलमा रहेको उनको भनाइ छ । बेरीले आजै नेकपाको प्रचण्ड– माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

यस्तै राजदूत बेरीले माघ ८ गते बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । बेरीले भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटनको निर्णयपछि उत्पन्न राजनीतिमा अन्योलताबारे पनि कुराकानी गरेको बुझिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप