बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बिकिनी सुटको ५५ वर्षपछि शर्मिलाले भनिन्, ‘मानिसहरुले आज पनि मलाई त्यो बिर्सन दिँदैनन्’

मङ्गलबार, १३ माघ २०७७, ०८ : १८
मङ्गलबार, १३ माघ २०७७

बलिउड अभिनेत्री शर्मिला टेगोर ६० र ७० को दशककी निकै चर्चित नायिका थिइन् । नायिका आफ्नो जमानाकी स्पष्टवक्ता अभिनेत्रीको रुपमा परिचित थिइन् भने उनले आफ्नो करियरका बेला थुप्रै स्टिरियोटाइप्स पनि तोडिन् । उनलाई बिकिनीमा फोटोसुट गराउने पहिलो बलिउड नायिका पनि भनिन्छ । उनले एक म्गागजिनको कभरका लागि यो फोटोसुट गराएकी थिइन् । हालै नायिकाले आफ्नो फिल्म र नीजि जीवनबारे कुरा गरेकी छिन् । यतिबेला उनले त्यो समय पनि याद गरिन् जब उनले बिकिनीमा फोटोसुट गराएकी थिइन् र मानिसहरुबाट उनले कस्तो प्रतिक्रिया पाएकी थिइन् । 

भारतीय सञ्चार माध्यमसँग हालै दिएको अन्तरवार्तामा उनले भनिन्, ‘जब म आफ्नो जीवनलाई पछाडि फर्केर हेर्छु नि जीवनको लागि मेरो रोजाई भिन्न थिए । उदाहरणका लागि फिल्मफेयर म्यागजिनका लागि गराइएको मेरो बिकिनी सुटलाई नै लिनुहोस् न । मानिसहरुले आज पनि मलाई यो बिर्सन दिँदैनन् ।’

त्यो समयमा यस्तो गर्नु साधारण थिएन र बिकिनीमा फोटोसुट गराउने आइडिया शर्मिला टेगोरको नै थियो । उनले फिल्मफेयरलाई पहिले नै दिएको अन्तर्वार्तामा भनिसकेकी छिन् कि उनले आफ्नो मर्जीले फोटोसुट गराएकी थिइन् । 

सन् १९६६ मा शर्मिलाले पहिलो पटक बिकिनी लगाएकी थिइन् । यसबारे फिल्मफेयरसँगको कुराकानीमा उनले भनेकी थिइन्, ‘यो मेरो विवाहको ठिक अघिको कुरा हो । जब मैले टु पिस बिकिनी लगाएको तस्बिर फोटोग्राफरलाई देखाएको थिएँ तब उनले मलाई ‘यसका लागि तपाईं विश्वस्त हुनुहुन्छ नि ?’ भनेर सोधेका थिए । उनले मलाई कतिपटक त शरीर ढाक्न पनि भनिरहेका थिए । उनी मभन्दा बढी चिन्तित देखिएका थिए । तर मलाई त्यो सुट गर्न कुनै हिच्किचाहट भएन । तर जब मानिसहरुले त्यो कभर फोटोसुटमा विरोध गर्न सुरु गरे तब भने मैले सोच्नुपर्यो । मैले सोच्नुपर्यो कि त्यो तस्बिर धेरै मानिसहरुलाई मन परेन । मलाई त म राम्री देखिएकी छु जस्तो लागेको थियो । जब म जवान थिएँ तब मलाई केही भिन्न गर्ने तीब्र इच्छा थियो । ’

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप