बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै

मङ्गलबार, १३ माघ २०७७, ०९ : ३७
मङ्गलबार, १३ माघ २०७७

रुपन्देहीको भैरहवामा तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । स्टार क्रिकेट एकेडेमी, पड्सरीको आयोजनामा माघ १४ आर्थत भोलिदेखि २३ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

स्व. खड्गप्रसाद पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्तिप्रसाद गौचनका बुवा हुन् । स्टार एकेडेमी पनि शक्तिले सञ्चालन गर्दै आएका छन् । शक्तिले आफ्नो बुवाको स्मृतिमा विगत तीन वर्षदेखि निरन्तर प्रतियोगिता आयोजना गर्दै आएका छन् ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने प्रतियोगितामा विभिन्न एकेडेमी र स्कूल गरी ८ टिमको सहभागिता हुनेछ । प्रतियोगितामा पोखरा, काठमाडौँ र धनगढीका टिम पनि सहभागी हुने शक्तिले जानकारी दिए ।

प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने गौचनले जानकारी दिए । पहिलो संस्करण विद्यालयस्तरीय रुपमा आयोजना गरिएकोमा दोस्रो रुपन्देही जिल्ला स्तरीय आयोजना गरिएको थियो । तेस्रो संस्करणलाई राष्ट्रिय स्तरमा आयोजना गर्न लागिएको हो ।

आयोजकका अनुसार प्रतियोगितामा काशी नोबल एकेडेमी, साइ ग्लोबल एकेडेमी, स्टार क्रिकेट एकेडेमी, रुपन्देही ११, धनगढी क्रिकेट एकेडेमी, ओषिश क्रिकेट एकेडेमी काठमाडौं, न्यू होराइजन एकेडेमी र पोखरा क्रिकेट एकेडेमी सहभागी हुनेछन् । शक्तिको स्टार एकेडेमीमा अहिले ५० जना प्रशिक्षार्थीले क्रिकेट सिकिरहेका छन् । राष्ट्रिय टिमबाट सन्यास लिएपछि उनले एकेडेमीमार्फत् नयाँ खेलाडीहरु उत्पादनमा टेवा पुर्याउँदै आएका छन् । उनले गृह जिल्लामार्फत नयाँ खेलाडी उत्पदानमा जोड दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप