ad
केन्द्रीय संस्करण

६ महिना लगाएर लिपिवद्ध गरिएको थियो भारतको संविधान

person explore access_timeमाघ १३, २०७७ chat_bubble_outline0

भारतलाई संसारको सबैभन्दा ठूलो गणतन्त्र पनि भनिन्छ, किनकी भारतको संविधान संसारको सबैभन्दा ठूलो लिखित संविधान हो । भारतीय संविधानमा ४ सय ४८ अनुच्छेद र १२ अनुसूची छन् । भारतमा संविधान बनाउन दुई वर्ष ११ महिना र १८ दिन लागेको थियो । यस संविधानलाई लेख्न ६ महिना लाग्यो । 

यो संविधानको मुल प्रति प्रेम बिहारी नारायण रायजादाले आफ्नै हातले लिपिवद्ध गरेका थिए । 

पैसा लिएका थिएनन् 
प्रेम बिहारी नारायण रायजादा पेशाले कैलीग्राफिस्ट थिए । उनले आफ्ना हजुरबासँग कैलिग्राफी सिकेका थिए । भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले रायजादालाई भारतको संविधान लिपिवद्ध गर्ने जिम्मेवारी लिएका थिए । 

जब उनलाई तलबबारे सोधिएको थियो, तब उनले कुनै पैसा नलिने बताएका थिए । संविधानलाई लिपिवद्ध गर्न ६ महिना लाग्यो र यसदौरा २ सय ५४ वटा कलमका निब प्रयोग भएका थिए । यी निबहरु इङल्यान्डबाट मगाइएको थियो । 

संविधान लेख्नका लागि रायजादाले तलब अस्विकार गरेपनि एउटा शर्त भने राखेका थिए । संविधानका हरेक पृष्ठमा आफ्नो नाम लेख्ने र अन्तिम पृष्ठमा आफ्ना हजुरबाको नाम लेख्न उनको शर्त थियो । 

संविधानको मुल प्रतिको वजन 
भारतीय संविधान लेख्नका लागि पुनाबाट कागज झिकाइएको थियो । इट्लिक शैलीमा लेखिएको संविधानलाई लिपिवद्ध गर्ने क्रममा रायजादाले एक पनि गल्ती गरेनन् । यस संविधानको लम्बाई २२ इन्च र चौडाई १६ इन्च छ । भारतीय संविधानको अगाडिको पृष्ठमा लेदरको गाता लगाइएको छ । भारतीय संविधानको मुलप्रतिको वजन ३ दशमलव ७५ किलोग्राम छ । भारतको संविधान लेख्नेक्रममा अमेरिका, बेलायत, आयरल्यान्ड, अस्ट्रेलिया, जर्मनी, फ्रान्स र रुससँग पनि मद्दत लिइएको थियो । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.