ad
केन्द्रीय संस्करण

‘कलेज लभ’ प्रसारणमा आउने

person explore access_timeमाघ १३, २०७७ chat_bubble_outline0

काठमाडौंँ । कलेज युवायुवतीको सोच, शैली, प्रेमप्रतिको आशक्ति तथा करिअर प्रतिको चिन्तन लगायतका विषय समेटिएको टेलिश्रृंखला ‘कलेज लभ’ प्रसारणमा आउने भएको छ । प्राइम टेलिभिजनबाट २९ माघदेखि हरेक बिहीबार राति ९ बजे प्रशारणमा आउने श्रृंखला राजबहादर सानेले निर्देशन गरेका हुन् ।

सुशील पोखरेल, हिउँवाला गौतम, प्रिया रिजाल, सुजल बम, शिसिर राणा, नवीन केसी, सयुज राई, पवन भट्टराई, शुभम गौतम, टेक बम, मुस्कान बुढाथोकी, बिबस थापा, स्नेहा मगर, पूजा दर्नाल, अमृता थापा, आशा राई, सारा नेपाली, आकाश थापा, बिष्णु श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको श्रृंखलामा दिव्य सुवेदी र वीरेन्द्र परियारको छायाँकन र तारा थापा (किम्भे)को सम्पादन रहेको छ ।

कलेज युवायुवतीको सोच,शैली, प्रेमप्रतिको आशक्ति तथा करिअर प्रतिको चिन्तन लगायतका बिषय श्रृखलाले मनोरञ्जन तवरले प्रस्तुत गर्ने निर्देशक सानेले बताए ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.