बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अब अनलाइनबाटै आवेदन दिन सकिने

मङ्गलबार, १३ माघ २०७७, १३ : ३२
मङ्गलबार, १३ माघ २०७७

काठमाडौं । एन आई सी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणालीको शुभारम्भ गरेको छ । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकलेलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी नयाँ डेबिट कार्ड अनलाइनबाट अनुरोध गर्न सकिने सेवा थालनी गरेको हो । 

ग्राहकहरूलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस भन्ने हेतुले बैंकले आफ्नो वेबसाइमा रहेको आईसर्भ डिजिटल सेवामार्फत नयाँ डेबिट कार्ड अनुरोध गर्न सकिने व्यवस्था मिलाएको छ । उक्त आईसर्भ भित्र सेवाग्राहीहरूले आफ्नो यस बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी भेरिफाई गरेपश्चात डेबिट कार्ड आवेदको प्रक्रिया अगाडी बढ्नेछ र त्यसपश्चात ग्राहकले इन्स्यान्ट कार्ड वा नेम एम्बोस्ड कार्ड तथा आफुलाई पायक पर्ने शाखा छनौट गर्न मिल्ने विकल्प राखिएको छ । 

यस प्रकृयाको अन्त्यमा बैंकबाट सेवाग्राहीलाई आवेदन सफल भएको एसएमएसमार्फत रिफ्रेन्स कोड सहित जानकारी गराइनेछ । ग्राहकको आवेदन अनुसारको डेबिट कार्ड तयार भएपश्चात् बैंकले ग्राहकहरूलाई एसएमएस तथा फोनमार्फत खबर गर्ने व्यवस्था समेत गरेको छ । 

उक्त रिफ्रेन्स कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै झन्झट सोझै ग्राहक सेवा काउन्टरमार्फत आफुले अनुरोध गरेको डेबिट कार्ड प्राप्त गर्न सकिन्छ । बैंकले ल्याएको यस अनलाइन डेबिट कार्ड अनुरोध सुविधाले काउन्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने झन्झटिलो परम्पराबाट ग्राहकहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ । त्यसैले डिजिटल युगको बेलामा जतिसक्दो सहज सेवाका लागि बैंकले ल्याएको यस सुविधाको भरपुर लाभ उठाउनुहुन बैंक सम्बन्धित ग्राहकहरूसामु आव्हान गरेको छ ।

ग्राहकहरूलाई विभिन्न अनलाइन सुविधाहरू एकै स्थानबाट प्रदान गर्दै आएको आईसर्भ डिजिटल सेवालाई बैंकले हाल अझ परिष्कृत रुपमा विकास गरेको हो । डिजिटल बैंकिङ्गको सुनौलो अनुभवका निमित्त बैंकले हाल आएर आईसर्भलाई अझ बढी ग्राहकमैत्री एवं सरल बनाएर ग्राहकहरूसामु ल्याएको हो । 

यसमार्फत मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन रिसेट गर्ने), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्स चेक गर्न, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन र एकाउन्ट स्टेटमेन्ट आवेदन), टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर) र डेबिट कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता र नयाँ कार्ड आवेदन) प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । यसका अलावा बैंकले आफूलाई पूर्ण रुपले ‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अनुरुप निकट भविष्यमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरू आईसर्भमार्फत गर्ने लक्ष्य लिएको छ । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायम रहेकै बेला भीडभाड क्षेत्रमा जानु उपयुक्त नदेखिएकाले महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै बैंकले भीडभाडलाई सकेसम्म न्युनीकरण गर्नका लागि बैंकले पछिल्लो पटक अनलाइनमार्फत बैंकिङ्ग सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप