ad
केन्द्रीय संस्करण

कंगना लेख्छिन्– ‘जुन फिल्ममा मेरो हड्डी भाँचियो, उसले रेकर्ड समेत तोड्यो’

person explore access_timeमाघ १३, २०७७ chat_bubble_outline0

मुम्बई । अभिनेत्री कंगना रनौतको फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ को रिलिज भएको दुई वर्ष पुगेको छ ।  फिल्मको निर्देशन समेत कंगना आफैले गरेकी थिइन् । फिल्म २५ जनवरी २०१९ मा रिलिज भएको थियो । फिल्म रिलिज भएको दुई वर्ष पुगेको अवसरमा कंगनाले एक ट्वीट गर्दै दुई तस्बिर एकसाथ सार्वजनिक गरेकी छन् । ती मध्ये एक तस्बिरमा कंगनाको खुट्टामा प्लास्टर लगाइएको र उनी ह्वील चेयरमा देखिएकी छन् भने दोस्रोमा उनको निधारमा चोटको निसान छ ।

उनले ट्वीटमा लेखेकी छन् ‘जिस फिल्ममा मेरो हट्डी भाँचियो, त्यही फिल्मले कयौं रेकर्ड समेत तोड्यो ।’ यो जापानमा समेत भारतको सबैभन्दा सफल फिल्म सावित भएको उनको ट्वीटमा उल्लेख छ । कंगनाले एक भिडियो समेत शेयर गरेकी छन् । जुन भिडियोमा अमिताभ बच्चनको आवाजमा मर्णिकर्णिकाको कथा प्रस्तुत गरिएको छ । भिडियोमा अंकिता लोखन्डे, सुरेश ओबरोय, जीशु सेनगुप्ता, अतुल कुलकर्णी सहित अन्य फिल्मका सबै स्टार छन् ।

कंगनाले अगाडि लेखेकी छन्– ‘कयौं यो फिल्म सर्वश्रेष्ठ ऐतिहासिक फिल्म भनेका छन् । तर म यसलाई विश्वस्टरको फ्रेन्चाइज बनाउने बचन दिन्छु ।’ यसको अलवा कंगनाले एक भिडियो समेत शेयर गरेकी छन् । जसमा तरवार चलाइरहेको क्लिप समेटिएको छ ।

पीरियड ड्रामामा आधारित यो फिल्म रानी लक्ष्मीबाईको जीवन, शासन र अंग्रेजसँगको लडाइको बिषयमा थियो । फिल्मका कंगनाको साथमा जिशु सेनगुप्ता, अतुल कुलकर्णि, मोहम्मद जीशान, अंकिता लोखन्डेलगायको मुख्य भूमिका रहेको थियो ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.