
खेलाडी संघको अवार्ड मिति सार्वजनिक (भिडियो)

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गर्ने एनएनआइपीए स्पोर्टस् अवार्ड फागुन ८ गते हुने भएको छ ।
एनएनआईपिएले मंगलबार पत्रकार सम्मेलन गरेर मध्यपुर ठिमी नगरपालिकामा अवार्ड कार्यक्रम आयोजना गर्ने जनाएको हो । एनएनआईपिएका अध्यक्ष दिपक श्रेष्ठले अवार्डका लागि मध्यपुर ठिमी नगरपालिकामा हुन लागेको बताए ।
संघले यसपटक अवार्डमा राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थप गरिएको बताएको छ । यस विधालाई स्काई ब्रान्डले प्रायोजन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । जनही ५० हजार रुपैयाँ पुरस्कार राशीको विधाबाट एक महिला र पुरुष खेलाडी सम्मानित हुने बताइएको छ ।
गत वर्ष खेलाडीले गरेको प्रर्दशनका आधारमा सम्बन्धित संघले गरेको सिफारिसका आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपीए वर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गरिँदै आएको छ ।
यसअघि संघले भक्तपुर, टोखा, पाटन, बसन्तपुरमा स्थानीय निकायको सहयोगमा अवार्डको आयोजना गरिसकेको छ । सम्मानित खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गर्दै आएका छन भने सर्बेत्कृष्ट महिला र पुरुष खेलाडीलाई जनही १ लाख रुपैयाँ सहित संघले सम्मान गर्दै आएको छ । अवार्डमा १३ औं दक्षिण एसियाली खेलकुद सागमा समावेश भएका खेलाडीलाई समावेश गरिएको आयोजक खेलाडी संघले जनाएको छ ।
संघको सिफारिस उत्कृष्ट घोषित हुने खेलाडी बाहेक अन्य विधाको विजेताका छनोट दीपक विष्ट संयोजकत्वको छनोट समितिले चयन गर्ने आयोजक संस्थाले जनाएको छ । एनएनआईपिएले अवार्ड कार्यक्रममा एक जना खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र एक जना खेल पत्रकार वा फोटो पत्रकारलाई एनएनआइपीए खेल पत्रकारिताबाट पुरस्कार प्रदान गर्दै आएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ