बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेत्र विज्ञानबारे प्राज्ञिक अनुसन्धानका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता

मङ्गलबार, १३ माघ २०७७, २० : ००
मङ्गलबार, १३ माघ २०७७

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल नेत्रज्योती संघ र आँखा स्वास्थ्य कार्यक्रम राप्तीबीच प्राज्ञिक अनुसन्धान र आँखा स्वास्थ्य सेवाको विकास र विस्तारको लागि सम्झौता भएको छ । ती संस्थाबीच  क्लिनीकल एक्सपोजर, पोष्ट ग्राजुयट, अन्डर ग्राजुयट तहको फेलोसिप कार्यक्रम र नेत्र विज्ञानको अध्ययनको कार्यक्रमलाई संयुक्त रुपमा सञ्चालन गर्ने उद्धेश्यले सम्झौता गरिएको हो । कार्यक्रममा प्रतिष्ठानको तर्फबाट उपकुलपति प्रा.डा संगीता भण्डारी र नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा वहादुरगञ्ज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गतको राप्ती आँखा अस्पताल, छन्द कालोबाबु नारायणी आँखा अस्पताल र लमही आँखा अस्पताललाई राप्ती स्वास्थ्य  विज्ञान प्रतिष्ठान नेत्र विज्ञान विभाग डिपार्टमेन्ट अफ अफ्थाल्मोलोजिको रुपमा विकास र विस्तार गर्न सहयोग गर्ने उल्लेख छ ।

प्रतिष्ठानले सोलाई विभागको रुपमा मान्यता दिने, दुवै संस्थाको दिगो विकास र आम सेवाग्राही समक्ष सहज र सुलभ रुपमा गुणस्तरीय आँखाको पहुँच र उपभोग सुनिश्चित गर्ने उल्लेख छ । त्यस्तै सम्झौता राष्ट्रिय स्वास्थ्य नीति अनुरुप सार्वजनिक नीजि साझेदारी अनुरुप बृहत् आँखा स्वास्थ्य सेवा प्रदान गर्नको लागि शल्यक्रिया सेवा तथा अन्य विशिष्टीकृत सेवाका आँखा स्वास्थ्य कार्यक्रम र प्रतिष्ठानको शल्यक्रिया केन्द्रको को रुपमा मान्यता दिने उल्लेख छ ।

त्यस्तै सम्झौतापत्रमा मोतियाविन्दु लगायत आँखाका अन्य विशिष्टिकृत सेवाहरुका लागि कार्यक्रम अन्तर्गतको अस्पतालमा रिफर गर्ने उल्लेख गरिएको छ । त्यस्तै प्रतिष्ठानले कार्यक्रम अन्तर्गतका आँखा अस्पतालहरुलाई शैक्षिक अध्ययन संस्थान बनाउनका लागि पूर्ण रुपमा सहयोग गर्ने र त्यसका लागि मेडिकल काउन्सिलको मापदण्ड बमोजिम फेकेलेटी मेम्वर प्रतिष्ठानको रहने उल्लेख गर्दै कार्यक्रमले अस्पतालहरुको मापदण्ड पुरा गर्नुपर्ने जनाइएको छ ।

दुई पक्षीय सम्झौतामा नेपाल नेत्रज्योती संघ राप्ती आँखा अस्पतालबाट घोराही निवासी गणेशकुमार रेग्मी शर्माले आँखा उपचार सेवा उपलव्ध गराई हालको घोराही आँखा उपचार केन्द्र प्रतिष्ठानलाई हस्तान्तरण गर्ने र सोको सम्पूर्ण आर्थिक, प्रशासनिक जिम्मेवारी प्रतिष्ठानको हुने उल्ल्ेख छ । त्यसका लागि आवश्यक कर्मचारीहरु पनि आफैले व्यवस्थापन गर्ने गरि काम सुरु भएको बताइएको छ ।

उक्त सम्झौता तीनन वर्षका लागि कायम रहने र आवश्यक्ताअनुसार दुवै पक्षको आपसी समझदारीमा नविकरण गर्न सकिने नेपाल नेत्रज्योति संघ दाङका सभापति तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले जानकारी दिए । सम्झौता कार्यक्रममा प्रतिष्ठानका डिन डा. वसन्त लामिछाने, नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्र खड्का, राप्ती आँखा अस्पतालका प्रशासक किरण पौडेल प्रतिष्ठानका कामु निर्देशक डा. प्रज्ञा सिंह बस्नेत, नेत्र विशेषज्ञ डा.एरिक वैद्यलगायत प्रतिष्ठान र आँखा अस्पतालका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सम्झौता गर्दै प्रतिष्ठानका उपकुलपति प्राडा संगीता भण्डारी र संघका सभापति कृष्णकुमार गिरीले जिल्लामा प्राज्ञिक, अनुसन्धान र आँखा स्वास्थ्य सेवाको विकास र विस्तारको दुवै पक्ष बीच भएको सहकार्य र सम्झौताले शैक्षिक विकास र आँखा स्वास्थ्य सेवामा थप टेवा पुग्ने बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप