आर्थिक संकटसँग जुध्न मुद्रा कोष गुहार्दै सरकार
काठमाडौं । सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सहायता लिने भएको छ। कोषसँग विस्तारित कर्जा सहायता (एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी)अन्तर्गत वित्तीय एवं प्राविधिक सहयोग लिन लागिएको हो।
‘हामीले सरकारका सबैजसो सरोकारवाला निकाय र आईएमएफका प्रतिनिधिबीच धेरै चरणमा वार्ता गरिसकेका छौं’, अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले भने। नेपालका अनुसार अबको एक महिनाभित्र त्यस्तो सहायताको सबै पूर्वतयारी सक्ने योजनामा काम भइरहेको छ।
विश्व बैंक समूहअन्तर्गतको यो संस्थाले अन्तरसरकारी भुक्तानीलाई व्यवस्थित गर्ने र मुलुकहरूको वित्तीय सुरक्षा मजबुत बनाउन सहयोग गर्दै आएको छ। आईएमएफले भुक्तानी सन्तुलनमा गम्भीर समस्या आएका बेला गरिब मुलुकलाई ऋण सहायता उपलब्ध गराउने गरेको छ। अहिले नेपालको भुक्तानी सन्तुलन ठीकठाक भए पनि कोरोना महामारीबाट उत्पन्न आर्थिक संकटसँग जुध्न पुँजी, प्रविधि र सीपको खाँचो परेको भन्दै सरकारले सहायता लिने प्रक्रिया थालेको हो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा विनय बञ्जाराले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट ट्राफिकद्वारा चालु आर्थिक वर्षमा झन्डै १७ हजारलाई सवारी कारबाही, डेढ करोड बढी राजश्व सङ्कलन
-
भूकम्पीय क्षति : ताइवानबाट नेपालले कस्तो पाठ सिक्ने
-
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा पाँच घर जले
-
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री
-
माओवादीबाट रणसिं परियार मन्त्री बन्दै, बाँकी मुख्यमन्त्रीको विश्वासको मत पछि
-
बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति