खुँडा हानेर एक युवकको हत्या
बुधबार, १४ माघ २०७७, ०७ : १६
बझाङ । खुँडा प्रहार गरि एक युवकको हत्या भएको छ।
मंगलबार बझाङ जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या भएको हो ।
उनीमाथि विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर फर्किने क्रममा खुँडा प्रहार भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले बताए।
छबिस पाथिभेरा गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बान्नीचौर माध्यामिक विद्यालयको शिक्षक अभिभावक संघको चुनाव सकेर घर फर्किने क्रममा भएको विवाद भएको थियो ।
प्रहरीका अनुसार घटनामा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपलिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत छन् । घटनामा प्रयोग भएको खुँडा प्रहरीले बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै