बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एक लाख जनाको मृत्युले निम्त्याएको पीडाको हिसाबकिताब गर्न मुश्किलः बेलायती प्रम

बुधबार, १४ माघ २०७७, ०७ : ५६
बुधबार, १४ माघ २०७७

बेलायतका कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ । 

प्रधानमन्त्री बोरिस जोनसनले सरकारको काम कारवाहीको आफूले पूर्ण जिम्मेवारी लिने बताउँदै ‘आफूहरुले सक्ने जति गरेको’ जानकारी दिए । 
‘महामारीमा ज्यान गुमाउने प्रत्येकका लागि मेरो समवेदना छ,’ उनले भने । 

बेलायतमा कोरोनाका कारण हालसम्म १ लाख १ सय ६२ जनाले ज्यान गुमाएका छन् । यो युरोपेली देशको पहिलो देश हो जहाँ मृत्युको आँकडा १ लाख पार भएको छ । 

यसअघि अफिस फर नेशनल स्ट्याटिस्टिक्स (ओएनएस) ले मृत्युदर्तालाई आधार मानेर कोरोनाको महामारी सुरु भएयता १ लाख ४ हजारको मृत्यु भएको जानकारी दिएको थियो । 

यद्यपि, सरकारी आँकडा थोरै कम छ । 

जोनसनले मंगलबार डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘यो गम्भीर तथ्याङ्कमा कति पीडा लुकेको छ भनेर हिसाबकिताब राख्न मुश्किल छ ।’

उनले भने, ‘यो महामारीले धेरैको आमा–बुवा, दाजु भाइ, दिदी बहिनी, छोरा छोरी, हजुरबुवा, हजुरआमा खोसेर लग्यो । उहाँहरुप्रति मेरो गहिरो समवेदना छ ।’

कोरोनाका कारण एक लाख बढी ज्यान गुमाउने देशको सूचीमा बेलायत पाँचौं नम्बरमा पर्छ । कोरोनाका कारण सबैभन्दा बढी अमेरिकामा ज्यान गुमाएका छन्, त्यसपछि ब्राजिल, भारत र मेक्सिको छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप