ad
केन्द्रीय संस्करण

वरुण धवनको विवाह पछि श्रद्धा कपुरसँग विवाह गर्न तयार छन् नेपाली मूलका रोहन श्रेष्ठ ?

person explore access_timeमाघ १४, २०७७ chat_bubble_outline0

बलिउड अभिनेता वरुण भवनले २४ जनवरीमा आफ्नी बाल सखा नताशा दलालसँग विवाह गरेका छन् । उनीहरुको विवाह हुने हल्ला अघिल्लो वर्षदेखि नै चलिरहेको थियो तर यसवर्ष भने यो हल्लाले सार्थकता पायो । यी दुईको विवाहमा करण जोहर, मनिष मल्होत्रा, शशांक खेतानलगायत बी टाउनका थुप्रै सेलिब्रिटीको उपस्थिती थियो  । वरुणको विवाह पछि अब अर्को सेलिब्रिटी जोडीको विवाहको चर्चा सुरु भएको छ । 

र यो जोडी हो – श्रद्धा कपुर र रोहन श्रेष्ठको जोडी । रोहन नेपाली मूलका बलिउड सेलिब्रिटी फोटोग्राफर हुन् । 

यो हल्ला त्यतिबेला सुरु भयो जब रोहनले वरुणलाई विवाहका लागि बधाई दिँदै इन्स्टाग्राममा पोस्ट गरे । 

यो पोस्टमा रोहनले लेखे, ‘वरुण र नताशालाई विवाहको अत्यधिक बधाई । भीडी तिमी असाध्यै भाग्यमानी छौ ।’ यसको तुरुन्त जवाफ दिँदै वरुणले लेखे, ‘म आशा गर्छु कि तिमी पनि तयार छौ ।’

त्यसपछि नै भारतीय सोसल मिडियामा रोहन र श्रद्धाको विवाह हुन लागेको हो कि भन्ने अनुमान गर्न थालिएको छ । 

स्मरण रहोस्, श्रद्धा कपुर र रोहन श्रेष्ठबीचको प्रेम सम्बन्धबारे निकै अघिदेखि विभिन्न खबर आइरहेका छन् । दुबैलाई थुप्रै पटक सँगै पनि देखिएको छ । यद्यपि, श्रद्धा र रोहनले कहिले पनि यो सम्बन्धबारे खुलेर कुरा गरेका छैनन् न नै उनीहरुले आफ्नो सम्बन्धबारे केही आधिकारिक बयान दिएका छन् । यसअघि श्रद्धा कपुरले रोहनसँगको आफ्नो सम्बन्धको खबरमाथि खण्डन गरेकी थिइन् । बम्बे टाइम्ससँगको एक कुराकानीमा श्रद्धाले भनेकी थिइन्, ‘अहिले मसँग फिल्मबाहेक केही पनि सोच्ने समय छैन र म यस्तै गरिरहेकी पनि छु । र जुन तपाईंले भन्नु भयो नि त्यो अफवाह मात्रै हो ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.