शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इन्फ्रास्टक्चरको आईपीओ शुक्रबार बाँड्ने तयारी

बुधबार, १४ माघ २०७७, ११ : ५१
बुधबार, १४ माघ २०७७

अहिलेसम्मकै ठुलो आईपीओ निष्काशन गरेको नेपाल इन्फ्रास्टक्चर बैंकको आईपीओ बाँटफाँड शुक्रबार भित्रै गर्ने गरी बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले तयारी थालेको छ । 

बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले सम्भवत आजै प्रि अलोटमेन्ट गर्ने र शुक्रबार बाँटफाँड गर्ने गरी तयारी अघि बढाइएको बताएको छ । धेरै आवेदन परेकाले त्यसलाई मिलाउँन समय लाग्ने भएकाले शुक्रबार निष्काशन गर्ने तयारी भएपनि निश्चित भने भइनसकेको जनाएको छ । 

बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा गरेको थियो । त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई बिक्रि खुला गरेको थियो । 

बैंकको उक्त आईपीओमा १५ लाख २९ हजार ४ सय ६० वटा आवेदनबाट १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि १८ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । यो आवेदन सर्वसाधारण निष्काशन गरेको ७ करोड ५८ लाख ४० हजार कित्ताको २.३९ गुणा बढी हो ।

हाल यस बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि पुँजी २० अर्ब पुग्नेछ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप