शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बिन्दवासिनी म्युजिक अध्यक्ष लिना धरौटीमा रिहा

बुधबार, १४ माघ २०७७, १२ : ४२
बुधबार, १४ माघ २०७७

काठमाडौँ । बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी रिहा भएकी छन् । काठमाडौ जिल्ला अदालतले उनलाई २ लाख ७७ हजार धरौटीमा आइतबार रिहा गरेको हो ।

प्रतिलिपि अधिकार (कपि राइट) उल्लंघन गरेको आरोपमा उनी गत पुस २७ गते पक्राउ परेकी थिइन् । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको थियो ।

गायक प्रमोद खरेललगायत केही कलाकारहरुले परिसरमा प्रतिलिपि अधिकार उल्लंघनमा अध्यक्ष रेग्मीविरुद्ध जाहेरी दिएपछि प्रहरीले सोही जाहेरीको आधारमा जिल्ला अदालत काठमाडौँबाट अनुमति लिएर पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप