
खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।
छविसपाथिभेरा–३ मा रहेको बान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा मङ्गलबार साँझ भएको विवादपछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको उनले बताए । खुँडा प्रहार गर्नेमध्येका एक जना सोही गाउँपालिका–२ का ३२ वर्षीय ज्ञानबहादुर कडायतलाई घटनास्थलबाटै पक्राउ गरिएको छ भने सोही ठाउँका प्रकाश ऐडी फरार रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
हत्यामा प्रयोग गरिएको खुँडा बरामद गरी शव जिल्ला अस्पताल सिमखेतमा राखिएको र शवको परीक्षण भने अहिलेसम्म नभएको बताइएको छ । फरार व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । यसअघि समेत सो विद्यालयमा व्यवस्थापन समिति गठनको विषयमा विवाद हुँदै आएको बुझिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ