बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ वामदेवको ‘पार्टी एकता राष्ट्रिय अभियान’को संगठनात्मक संरचना

बुधबार, १४ माघ २०७७, १३ : १४
बुधबार, १४ माघ २०७७

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले घोषणा गरेको पार्टी एकता राष्ट्रिय अभियानको संगठनात्मक संरचनामा केन्द्रमा एक अधिकार सम्पन्न केन्द्रीय समन्वय समिति रहने उल्लेख गरिएको छ । यो अधिकतम ६ सय ५१ सदस्यीय हुनेछ । केन्द्रीय समन्वय समितिमा अधिकतम् १ सय ७५ जनाको कार्यसम्पादन समिति हुनेछ । दैनिक कामका निम्ति आवश्यक सचिवालय निर्माण गरिने छ ।

त्यस्तै प्रत्येक प्रदेशमा प्रदेश समन्वय समिति र त्यसअन्तर्गत रहेका केन्द्रीय सदस्यहरु र जिल्ला समितिका संयोजकहरु पदेन सदस्यका रुपमा रहनेछन् । प्रदेश समन्वय समितिमा आवश्यक संख्याको छुट्टै एक सचिवालय रहने संगठनात्मक संरचना सार्वजनिक गरिएको छ । 

सार्वजनिक संरचनामा प्रत्येक जिल्लामा पालिकाहरुको समेत प्रतिनिधित्व हुने गरी अधिकतम ७५ सदस्यीय जिल्ला समन्यव समिति निर्माण गरिने उल्लेख छ । जिल्ला समन्वय समितिमा आवश्यक संख्याको सचिवालय हुने र जिल्लामा रहेका केन्द्रीय समन्वय समितिका सदस्यहरु आमन्त्रित रुपमा बैठकमा भाग लिनेछन् र पालिकाहरुमा निर्देशकका रुपमा खट्ने जनाइएको छ  । 

त्यसैगरी प्रत्येक पालिकामा वडाहरुको समेत प्रतिनिधित्व हुने गरी अधिकतम ५१ सदस्यीय पालिका समन्वय समिति निर्माण गरिनेछ । पालिका समन्वय समितिमा आवश्यक संख्याको सचिवालय हुनेछ ।पालिकाका बैठकमा त्यहाँ रहेका जिल्ला समन्वय समितिका सदस्य र केन्द्रीय समन्वय समितिका सदस्यहरुले आमन्त्रित रुपमा भाग लिन सक्नेछन् । प्रत्येक वडामा अधिकतम १५ जनाको संख्यामा समन्वय समितिर आवश्यक संख्याको सचिवालय हुने तथा  केन्द्रदेखि पालिका तहसम्म आवश्यक सदस्य संख्यामा परिषद्हरु गठन गर्न सकिनेछ ।सम्बन्धित समितिका पदाधिकारी तथा सदस्यहरुपरिषद्का पदेन पदाधिकारी तथा सदस्य हुने व्यवस्था गरिएको अवधारणापत्रमा उल्लेख छ । 

सबै तहका समितिहरुमा संयोजक, सहसंयोजक, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्य रहने व्यवस्था गरिनेछ तथा केन्द्रीय समन्वय समितिमा संगठन, प्रशिक्षण र प्रचार प्रसारका कार्य गर्न थप ३ सहसचिवहरुको व्यवस्था गर्न सकिने जनाइएको छ  । अर्को व्यवस्था नभए सम्म अभियानका सबै समिति र सदस्यहरु यसै अवधारणापत्रको व्यवस्था अनुसार परिचालित हुनेछन् ।

संगठन सञ्चालन सम्बन्धी नियमहरु
१. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको केन्द्रीय समन्वय समिति यसको सर्वोच्च संस्था हुनेछ । 

२. यस अभियानको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवाद हुनेछ । 

३. यसको संगठनात्मकम सिद्धान्त जनवादी केन्द्रीयता हुनेछ, 
(व्यक्ति कमिटी मातहत रहनेछ । तल्लो कमिटी माथिल्लो कमिटीको मातहत रहनेछ । मत विभाजन हुँदा बहुमतको निर्णय कमिटीको निर्णय हुनेछ ।)

४. अभियानका सबै तहमा आयोजना गरिने अध्ययन, प्रशिक्षण र तालिममा अभियन्ताहरुले भाग लिनुपर्नेछ । 

५. अभियानमा अध्ययन गर्ने सैद्धान्तिक दस्तावेजहरु निम्नानुसार हुनेछन्ः
    क.जनताको बहुदलीय जनवाद तुलनात्मक अध्ययन,
    ख.एक्काइशौं शताब्दीको कम्युनिष्ट पार्टी,
    ग. नेपाली जनताको समृद्धिको कार्यक्रम बहुदलीय समाजवाद,
    घ. कस्तो हुनुपर्छ कम्युनिष्ट पार्टीको विधान,
    ङ. राजनीतिक ज्ञान र शिक्षाका आधारहरु,
    च. आवश्यक माक्र्सवादी साहित्य,

६. अभियानका सबै समितिहरु निम्नानुसारका समयावधीमा बैठक बस्नेछन्् । 
    क. केन्द्रीय समन्वय समितिको बैठक६ महिना,
    ख. प्रदेश समन्वय समितिको बैठक ३ महिनामा,
    ग. जिल्ला समन्वय समितिको बैठक २ महिनामा,
    घ. पालिका समन्वय समितिको बैठक १ महिनामा,
    ङ. वडा समन्वय समितिकोमहिनामा २ पटक,
    च. आवश्यकता पर्दा बैठकका समयावधि तल माथि हुनसक्नेछ,

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप