शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशसभा सदस्य थापाले सबै तलब सुविधा सामाजिक कार्यमा खर्चिए

बुधबार, १४ माघ २०७७, १५ : ४९
बुधबार, १४ माघ २०७७

पोखरा । गण्डकी प्रदेश सभा सदस्य बिन्दुकुमार थापाले आफूले प्रदेश सभासदस्यको हैसियतमा प्राप्त गरेको सम्पूर्ण तलब सुविधा सामाजिक कार्यमा खर्चिएका छन् । थापाले कास्की क्षेत्र नं. २ प्रदेश ‘ख’ का लागि सांसद्को हैसियतमा पाएका सम्पूर्ण तलब सुविधा सामाजिक काममा खर्चिएका हुन् ।

उनले बुधबार पोखरामा आयोजित पत्रकार सम्मलेनमा निर्वाचनका बेला आफूले जनतासँग निर्वाचन भएपछि प्राप्त गर्ने सेवा सुविधा सामाजिक कार्यमा लगाउने भनी प्रतिबद्धता व्यक्त गरेअनुसार आपूmले प्रदेश सभा सदस्यका रुपमा पाएको सम्पूर्ण सेवा सुविधावापतको रकम सामाजिक कार्यमा खर्च गरेको जानकारी दिए । 

सांसद् थापाले २०७६ माघदेखि २०७७ पुससम्म आफ्नो बैंक खातामा सेवासुविधा वापत आएको ८ लाख ५९ हजार रुपैयाँमा आफूले व्यक्तिगतरुपमा रु ३ लाख ८० हजार थप गरी १२ लाख ४७ हजार रुपैयाँ विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेको बताए । 

विभिन्न सामुदायिक भवन निर्माण, खेलकूद, सडकलगायतका पूर्वाधार विकास एवं सामाजिक क्षेत्रमा क्रियाशील संघ संस्थालाई उक्त रकम प्रदान गरेको उनले बताए । 
सांसद्ले बैठकभत्ता देखि मासिक पारिश्रमिक र अन्य सुविधा सामाजिक सेवामा खर्च गरेको दाबी गरे। सांसद थापाले कास्की क्षेत्र २ (ख) मा विभिन्न २० वटा क्षेत्रमा सो रकम सहयोग गरेको बताए । 
सांसद थापाले सरकारले बजेट बिनियोजन गर्दा आफ्नो प्रदेशलाई अन्याय गरेको आरोप समेत लगाए। 

सांसद थापाले कोरोनाको संक्रमणले जनता आक्रान्त बनेको बेला नेकपाको सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताउदै विकास बजेटको करिब ७ महिना सकिन लाग्दा १५ प्रतिशत मात्र खर्च खर्च गरेको बताए।  
सांसद थापाले जनताले दिएको पाँच वर्षको म्यान्डेट सम्माल्न नसक्दा यतिबेला नेकपाको नेताहरु आरोप प्रत्यारोपमा व्यस्त रहेको आरोप लगाए । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आधिकारीक रुपमा फुटेपछि मात्रै कांग्रेसले गण्डकी प्रदेश सरकार पुनर्गठनका लागि आफ्नो धारणा बनाउने बताए ।

‘सरकार बन्न नसक्ने अवस्था भए कांग्रेसले सरकार बनाउँछ, अन्यथा अहिलेकै अवस्थामा अविश्वासको प्रस्ताव ल्याउने पक्षमा कांग्रेस छैन,’ उनले भने । 
समृद्धिको नारा दिएको नेकपा सरकारले भाषणबाहेक जनतालाई केही नदिएको थापाको आरोप लगाए ।

‘जनताका लागि गरिएको भनिएको राजनीतिले पटक–पटक जनतालाई दुख दिएको छ,’ उनले भने, ‘व्यक्तिगत लहडको राजनीतिले जनमतमाथि अपमान भैरहेको छ ।’
पार्टीको आन्तरिक अन्तर संघर्षलाई देशको प्रतिष्ठासँग साट्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको जति विरोध गरे पनि कम हुने सांसद् थापाले आरोप लगाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप