शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री कप क्रिकेटः एपीएफ फाइनलमा प्रवेश

बुधबार, १४ माघ २०७७, १९ : २६
बुधबार, १४ माघ २०७७

काठमाडौं । साविक विजेता नेपाल पुलिसको चुनौतिलाई समाप्त पार्दै एपीएफ राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  कीर्तिपुरस्थिति त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा पुलिसलाई ३० रनले हराउँदै एपिएफ अन्तिम दुईमा प्रवेश गरेको हो ।

उपाधि प्रतिस्पर्धाका लागि अन्तिम दुईमा स्थान बनाएको एपिएफले वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ । एपीएफले दिएको २ सय ४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पुलिसले ४९.२ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ७३ रन जोड्न सक्यो । पुलिसका लागि पर्वन सरार्फले सर्वाधिक ४० रनको योगदान गर्दा, राशिद खानले ३४, दिपेन्द्र सिंह ऐरीले ३३, अनिल साहले २१, आरिफ शेखले १६ रन जोडे । सागर ढकाल ११ रनमा आउट भए  ।

पुलिसलाई सस्तैमा समेट्न भुवन काकीले सर्वाधिक ४ विकेट लिए । कमलसिंह ऐरी, अविनाश बोहोरा र शरद भेषवाकरले २÷२ विकेट लिए आ–आफ्नो नाममा लेखाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले पुरै ५० ओभरको समाप्तिमा  ९ विकेट गुमाएर २ सय ३ रन जोडेको थियो ।

सुरुआती ब्याट्सम्यानले गतिलो स्कोर नगरे पनि मध्यक्रमका ब्याट्सम्यानले सम्हालिएको प्रदर्शन गरेका थिए । एपीएफका लागि शंकर रानाले सर्वाधिक ४४ रन जोड्दा, भुवन कार्कीले ४२ रन जोड्दा सन्दीप जोराले ३४ रन बनाए । सुवास खकुरेल र कमल ऐरीले समान १९÷१९ रन बनाए । अविनास बोहरा ११ रनमा अविजित रहदा सुर्य तामाङ १ रनमा अविजित रहे । पुलिसका आरिफ शेखले ३ विकेट लिए । ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २÷२ विकेट लिए । बुधबारको जितसँगै एपिएफ जारी प्रतियोगितामा अपराजित रहँदै अन्तिम दुईमा प्रवेश गरेको हो । प्रतियोगिताको विजेताले १० लाख पाउने छ भने उपविजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप