शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंंभित्रका अव्यवस्थित केवुल तारहरु तत्काल हटाइने

बुधबार, १४ माघ २०७७, २० : ४७
बुधबार, १४ माघ २०७७

काठमाडौं । काठमाडौंका अव्यवस्थित केवुल तारहरुको व्यवस्थापन गर्ने सम्वन्धमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले पहल सुरु गरेका छ । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सडकहरुमा अव्यवस्थित रुपमा  रहेका तारहरुले शहरी सौन्दर्य कुरुप पारेको र बारम्वार दुर्घटना निम्त्याएको भन्दै सडकको राइट अफ वेमा रहेका अव्यवस्थित तारलाइ दीर्घकालीन रुपमा व्यवस्थित गर्नका लागी सबै सरोकारवाला निकाय र व्यक्तिहरुबीच अन्तरक्रिया भएको थियो ।

उक्त छलफलमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालीका, नेपाल दुरसंचार प्राधिकरण, नेपाल बिद्युत प्राधिकरण, नेपाल दुरसंचार कम्पनी लिमिटेड, नेपाल केवुल टिभि महासंघ, नेपाल इन्टरनेट सेवा प्रदायक संघ लगायतका निकायको उपस्थिति रहेको थियो ।

छलफलले सडक र सडकको राइट अफ वेमा रहेका अव्यवस्थित र पुराना तारहरु व्यवस्थापन गर्ने उपायसहित अल्पकालीन र दीर्घकालीन योजना तयार गर्न सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको संयोजकत्वमा सवै सरोकारवाला निकाय सम्मिलित समिति गठन गर्ने निर्णय गरेको छ ।

यस्तै सो समितिको सदस्य सचिवको रुपमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णुराज वेल्वासेलाइ तोक्ने निर्णय भएको छ ।


सडक र सडकको राइट अफ वेमा रहेका अव्यवस्थित र पुराना तारहरु तत्काल हटाउन नेपाल केवल टिभी महासंघ र  इन्टरनेट सेवा प्रदायक संघले कार्य सुरु गर्ने निर्णय पनि भएको छ ।

यसका लागी आवश्यक पर्ने भोतिक पूर्वाधार लगायत अन्य सहयोग पुराउन नेपाल प्रहरी, सडक विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिका, नेपाल दुरसंचार प्राधिकरण, नेपाल बिद्युत प्राधिकरण, नेपाल दुरसंचार कम्पनी लिमिटेड समेतले प्रतिनिधिसहित आवश्यक सहयोग छन् ।

यस्तै न्यूरोड गेटदेखि जुद्ध सालिकसम्म नमूनाका रुपमा तार व्यवस्थापन गर्ने कार्य तुरुन्त सुरु बैठकले निर्णय लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप