
अख्तियारको छापापछि सवारी चालकको परीक्षा अनिश्चितकालका लागि स्थगित

जनकपुर । प्रदेश नम्बर २ सरकारको मातहत रहेको यातायात व्यवस्था कार्यालय जनकपुरमा मंगलबार मध्यरातसम्म अख्तियारले छापा मारेपछि यातायात कार्यालयले सवारी चालकको सम्पूर्ण परीक्षाहरु स्थगित गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले मंगलबार दिउसो ४ बजेदेखि ७ घण्टे अप्रेशनपछि यातायात व्यवस्था कार्यालय जनकपुरले सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो ।
यातायात व्यवस्था कार्यालय जनकपुरधामका निमित्त प्रमुख विरेन्द्र साहले बुधबार एक सूचना जारी गर्दै यस कार्यालयबाट हुने लिखित तथा प्रयोगात्मक परीक्षा कार्य व्यस्तताको कारण अनिश्चितकालको लागि स्थगित गरेको सूचना जारी गरेको छ ।
सवारी चालक परिचय–पत्र वापत उठाएको घुसको रकम कार्यालय भित्रै रहेको भनि गोप्य सूचनाको आधारमा अख्तियारको टोलीले छापामारी गरेको थियो ।
सो अवधिमा अख्तियारको टोलीले कार्यालय प्रमुखसहित २ जना करारका कर्मचारी, १ जना कार्यालय सहयोगी र २ जनालाई विचौलियाको आरोपमा कार्यालय भित्रै थुनेर राखेको थियो ।
अख्तियारले मध्यरातसम्म अप्रेशन गरेको जनाएपनि कार्यालय सहयोगी भोगेन्द्र कापरलाई २ लाख २३ हजार ८ सय रुपैयाँ र बिचौलियाको आरोपमा राज किशोर भगतलाई ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको छ ।
यता मंगलबार मध्यरातसम्म चलेको अख्तियारको छापामारी पछि आज बुधबार यातायात व्यवस्था कार्यालय जनकपुरले निमित्त कार्यालय प्रमुख वीरेन्द्र साहले कार्यव्यवस्तताको कारण सम्पूर्ण परीक्षा लिखित तथा मौखिक परीक्षाहरु स्थगित गर्नुपरेको भन्दै एक सूचना नै जारी गरेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ