शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तरिक्षमा बिजुली !

बिहीबार, १५ माघ २०७७, १२ : १६
बिहीबार, १५ माघ २०७७

 

पृथ्वीबाट अन्तरिक्षमा चम्केको बिजुलीका दृश्य, हेर्नमा जति रोमाञ्चक हुन्छन् त्यति नै खतरनाक पनि। तर के तपाईंलाई थाहा छ अन्तरिक्षमा रहेर अन्तरिक्षमा उत्पन्न भएको बिजलीको दृश्यावली हेर्नुको अनुभव सर्वथा पृथक हुन्छ।

पृथ्वीको  प्रतिनिधित्व गर्दै केही मानिस सधै अन्तरिक्षमा उपस्थित रहेका हुन्छन्।  'इन्टरनेशनल स्पेस स्टेशन'  (ISS ) नामक 'स्याटेलाइट' यिनीहरुको शरणस्थली रहेको हुन्छ।  पृथ्वीबाट झण्डै ४०० किमीको उचाईमा रहेर यस 'स्पेस स्टेशन'ले  सधैँ पृथ्वीको परिक्रमा गरिरहेको हुन्छ।  सन २००० यता त्यहाँ सधैँ ५-७ मानिस बस्दै आएका छन्।

'स्पेस स्टेशन'मा रहेका मानिसले अन्तरिक्षमा रहेका बादल माथि नीलो रंगको प्राकृतिक बिजुलीको अद्भुत दृश्यावली कैमरामा कैद गरेका छन्।  अन्तरिक्षमा उत्पन्न भएको यो बिजुली पृथ्वीबाट देखिँदैन।  पृथ्वीबाट अन्तरिक्षमा गएका अन्तरिक्ष यात्रीले 'स्पेस स्टेशन'मा जडान गरिएका उपकरणमार्फत यस अपूर्व दृश्यका फोटो खिचेका छन्। 'स्पेस स्टेशन' प्रशान्त महासागर माथिबाट गुज्रिँदा नारू टापू माथिको अन्तरिक्षमा यात्रीहरुले यो बिजुली उत्पन्न भएको देखेका थिए। नीलो प्रकाशका १० देखि २० मिलीसेकेण्ड आवृत्तिका ५ वटा झिल्को (फ्लास) देखेका थिए अन्तरिक्ष यात्रीले। हेर्दा हेर्दै प्रकाशका यी झिल्को कोनको आकारमा फैलिँदै  विलीन भए।

वैज्ञानिकहरुका अनुसार 'पोजिटिभ चार्ज' रहेको बादलको माथिल्लो भाग, हावाको 'निगेटिभ चार्ज'को सम्पर्कमा आउदा 'ब्लू जेट' निर्मित हुन्छन्।  यी 'चार्ज्ड'  बादलमा स्थान परिवर्तन गरिराख्छन् र आपसी सम्पर्कमा  आउदा 'इलेक्ट्रिक ब्रेकडाउन'उत्पन्न गर्छन्। ' इलेक्ट्रिक ब्रेकडाउन'को अवस्थामा 'स्टाटिक' बिजुली निर्मित हुन्छ।  हुन त अहिलेसम्म 'ब्लू जेट' का बारेमा वैज्ञानिकहरुलाई धेरै जानकारी छैन। त्यसैले 'स्पेस'मा उत्पन्न  यो बिजुलीको दृश्य कैमरामा कैद हुनुले वैज्ञानिक उत्साहित भएका छन्।

वैज्ञानिकहरुका अनुसार 'डीप स्पेस'मा 'ब्लू जेट' भन्दा पहिला 'अल्ट्राभाइलेट  लाइट' का ४ वटा झिल्को देखिएका थिए।यिनलाई 'इवेल्स'  (ELVES  ) भनिएको छ।  'इवेल्स'  पृथ्वीको माथिल्लो वातावरणमा मात्रै देखिन्छन्।  वास्तविकतामा ' इवेल्स'  भनेको प्रकाशका यस्ता उत्सर्जन हुन्, जुन तीव्र  गतिले बढ्दै 'रिंग्स'का माफिक देखिन्छन्।  यिनको उत्पत्तिस्थल पृथ्वीको माथिल्लो वातावरण 'आइनोस्फियर'  (ionosphere) मा हुन्छ। 'आइनोस्फियर' भनेको पृथ्वीको सतहभन्दा ५००-६०० किमी माथिको वातावरण चक्र हो जहाँ 'चार्ज्ड  पार्टिकल्स'  को उपस्थिति हुन्छ।

वैज्ञानिकहरुक भनाइ अनुसार रेडियो तरंगले  'आइनोस्फियर'मा रहेका इलेक्ट्रोनलाई ठेल्दा इलेक्ट्रोनको गति तीव्र हुन्छ र इलेक्ट्रोन अन्य 'चार्ज्ड पार्टिकल्स'  संग ठोक्किन पुग्छन्।  इलेक्ट्रोनको 'चार्ज्ड पार्टिकल्स' संगको ठोक्काइले ऊर्जा प्रकाशका रूपमा उत्पन्न हुन्छ । 

प्रकाशका यी झिल्को, 'ब्लू जेट', 'इवेल्स' यूरोपियन स्पेस एजेन्सीको 'अटमोस्फियर स्पेस इन्टर्‍याक्शन मनिटर' (ASIM) बाट देखिएका हुन्। यस मनिटरमा क्यामेरा, 'फोटोमिटर','एक्स रे डिटेक्टर','गामा रे डिटेक्टर' आदि जस्ता  अनेकौं उच्च आधुनिक प्रविधिहरु जडान गरिएका हुन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप