शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्देशक अधिकारीको ‘डेराको जिन्दगी’ शुरु

मङ्गलबार, २० माघ २०७७, ११ : ४१
मङ्गलबार, २० माघ २०७७

काठमाडौं । फिल्म निर्देशक राजु अधिकारीले ‘डेराको जिन्दगी’ नामक सिरिजको सुटिङ शुरु गरेका छन् । 

देशका बिभिन्न स्थान काठमाडौ आएर डेरा गरी बस्ने सर्वसाधारणको सपना, संघर्षपूर्ण जीवनशैली तथा घरभेटीको आफ्नै ब्याथा लगायतका बिषय समेतेर रिलियल निर्माण गर्न लागेको निर्देशक अधिकारीले बताए । 

मन्सा मन्शी क्रियशनको ब्यानरमा सरला अधिकारी (भण्डारी) निर्माता रहेको सीरिजको कार्यकारी निर्माता राजाराम गौतम र सहनिर्माता सचित शाह छन् ।

हाँस्य प्रधान सिरिजमा पुस्कर राउत, रमेश अधिकारी, शेखर खनाल,सुयोग्य श्रेष्ठ,निक शर्मा,रिया श्रेष्ठ,संजिता भण्डारी,सान अधिकारी,राजाराम गौतम, ,सोनी बिक, सूर्यकला दाहाल,गोकुल सुवेदी,सपना श्रेष्ठ,बिन्दिया शाही,शिवन लामा,सरोज दाहाललगायत बालकलाकार अरुण कालीराजले अभिनय गर्दैछन् । 

५२ भागसम्म निर्माण गरिने सिरिज काठमाडौ उपत्यकाभित्रै खिचिने छ । जयराम थापाको छायाँकन, मौनता श्रेष्ठको कथा तथा मन्दिल श्रेष्ठको सम्पादन रहने सिरिज केही समयमै दर्शक माझ ल्याइने जानकारी दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप