तपाईंको फेसबुक अरुले चलाएको कसरी थाहा पाउने ?
सामाजिक सञ्जालहरुमा फेसबुक निकै लोकप्रिय भइरहेको छ । फेसबुक नचलाउने मानिस भेट्न मुश्किल हुन्छ । तर फेसबुक कसरी चलाउने, किन चलाउने र कसरी सुरक्षित तरिकाले चलाउने भन्ने कुरा भने कमैलाई मात्र थाहा छ ।
फेसबुक चलाउँदा ध्यान पुर्याउनुपर्ने विविध कुराहरुमध्ये तपाईंको फेसबुक कहाँ खुलेको छ , कसैले चलाएको छ कि छैन । भनेर जान्नु पनि महत्त्वपूर्ण हून्छ । यदि फेसबुक चलाउँदा चलाउँदै कहिलेकाँही लगआउट गर्न भुलेमा, कसैले तपाईंको पासवर्ड थाहा पाएर कतै खोलेमा तपाईंले आफैले कुनै पनि ब्राउजरबाट लगआउट गर्न सक्नुहुन्छ ।
त्यतिमात्र होइन तपाईंको फेसबुक कुन ठाउँमा लगइन भइरहेको छ भन्ने कुरा पनि थाहा हून्छ । साथै, फेसबुकबाट नै उक्त डिभाइसको लोकेशन पत्ता लगाउन सकिन्छ । तपाईंको फेसबुक लग इन भएको ठाउँ, समय र मिति पत्ता लगाउन सकिन्छ ।
त्यसको लागि के गर्ने ?
सबैभन्दा पहिले कुनै पनि ब्राउजरमा आफ्नो फेसबुक लगइन गर्नुस् ।
त्यसपछि अकाउन्ट सेटिङमा जानुस् ।
त्यसपछि ‘Security and login’ अप्शनमा जानुस्
त्यहाँबाट ‘Where you're logged in’ को अप्शन देखिन्छ । त्यहाँ तपाईंको फेसबुक लगइन भएको डिभाइसको पूरा जानकारी पाउन सकिन्छ ।
स्मार्टफोनमा
फेसबुक एप खोलेपछि सेटिङमा जानुहोस्
त्यसपछि ‘ Security and login ’ जानुहोस्
त्यहाँ ‘ Where you're logged in’ अप्शन देखिन्छ ।
त्यसमा ‘ See All' मा क्लिक गर्नुस् ।
त्यहाँबाट तपाईंको फेसबुक कुन कुन डिभाइसमा खोलिएको छ भन्ने जानकारी पाउन सकिन्छ । यदि त्यसमध्ये आफूले लगइन गरेभन्दा फरक डिभाइसमा फेसबुक खोलिएको पाइएमा 'log Out of All Sessions' गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै