शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीमा वर्षा, चन्द्रगिरीमा हिउँ परेपछि यसरी रमाए सर्वसाधारण (तस्बिरहरु)

शनिबार, २४ माघ २०७७, १८ : ३२
शनिबार, २४ माघ २०७७

काठमाडौं उपत्यकामा शनिबार वर्षा भएको छ ।  मौसम विभागका अनुसार पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको हो । वर्षाका कारण राजधानीको तापक्रम घटेको छ भने चिसो महसुस भएको छ । 

यसैबीच वर्षासँगै राजधानीको चन्द्रागिरीमा हिमपात भएको छ । चन्द्रगिरी हिल्सका अनुसार चन्द्रागिरी र आसपासको क्षेत्रमा हिउँ परेको छ । चन्द्रागिरीमा हिउँ परेपछि सर्वसाधारण हिउँ खेल्न भन्दै पुगिरेहका छन् । 
वर्षेनी हिमपात भएसँगै केबलकारमार्फत चन्द्रागिरीमा पुग्नेहरु बढ्ने गर्छन् । आज पनि चन्द्रँगिरीमा हिउँ खेल्नैका लागि पुगेकाहरु रमाइरहेका देखिन्थे । 

विभागका अनुसार आज उपत्यकासहित बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा प्रदेश १ का अधिकांश भूभागमा पानी परिरहेको छ । 

विभागका अनुसार, मौसममा आइतवार मात्रै सुधार देखिने सम्भावना रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप