शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहमा आफ्नै पाठ्यक्रम हुने

शनिबार, २४ माघ २०७७, २१ : २६
शनिबार, २४ माघ २०७७

जिल्लाको पूर्वीक्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाले विद्यार्थीका लागि आगामी वर्षदेखि लागु हुने गरी स्थानीय पाठ्यक्रम तयार गरेको छ । 

गाउँपालीकाका सम्पूर्ण विद्यालयका प्रध्यानाध्यापक तथा शिक्षा क्षेत्रका विज्ञको सहयोगमा गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गर्ने निर्णय गरेको हो । 

स्थानीय पाठ्यक्रमका विषयमा गाउँपालिकामा गोष्ठी आयोजना गरी छलफल गरिएको छ । नयाँ लागु हुने पाठ्यक्रममा आफ्नो स्थानीय भाषा, शैली, भेसभुषा र परम्परा समेटिने गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सीलाले बताए ।

 उनले भने, “हामी आफ्नै पाठ्यक्रम लागु गर्ने तयारीमा छौँ, सबै विज्ञसँग छलफल भइरहेको छ, आगामी वर्ष देखि लागु गर्छौँ ।” उनका अनुसार पहिलो चरणमा यो पाठ्यक्रम आधारभूत विद्यालयमा लागु हुनेछ ।

बोगटान फुड्सिल गाउँपालिकामा मनाइने चाडपर्व, संस्कार संस्कृति, सीप कलाकौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक ज्ञान, स्वास्थ्य र सरसफार्ई, रहनशहन, व्यक्तित्व परिचय, भाषा र लिपीजस्ता विषयबारे परिचित गराउने उद्देश्यले यस्तो पाठ्यक्रम तयार पार्न लागिएको शिक्षा विज्ञ भीम पनेरुले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप