शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इतिहासमा आजः जब एक रक्सीले मातेका व्यक्तिको गल्तीले फुटेको थियो दुई हजार वर्ष पुरानो फूलदानी, जोड्न १०३ वर्ष लागेको थियो

आइतबार, २५ माघ २०७७, १० : १७
आइतबार, २५ माघ २०७७

बेलायतको राजधानी लण्डनमा ब्रिटिश म्युजियम छ । यो संग्रहालयमा दुई हजार वर्ष पुरानो पोर्टल्यान्ड भास (फूलदानी) पनि राखिएको छ । यो फूलदानीको पछाडि आज पनि एउटा सानो निशान लागेको छ जसले यसको इतिहासबारे आज पनि हरेक दिन याद दिलाउँछ । 

वास्तवमा यो दुई हजार वर्ष पुरानो पोर्टल्याण्ड भास एक रक्सीका मातेका व्यक्तिको गल्तीका कारण खसेको थियो र यो ८० भन्दा बढी टुक्रा भएर फुटेको थियो । आजकै दिन अर्थात् सन् १८४५ को फेब्रुअरी ७ तारिखमा विलियम फ्लोयट ब्रिटिश म्युजियम गएका थिए । फ्लोयड असाध्यै मातेका थिए र सिसाको केसमा ठोक्किएका थिए । यसै सिसाको केसमा यो फूलदानी राखिएको थियो । 

त्यसपछि खैलाबैला भयो, फ्लोयडलाई पक्राउ गरियो । उनलाई जब अदालतमा पेश गरियो तब उनका वकिलले फ्लोयडलाई जुन कानून अन्तर्गत पक्राउ गरिएको थियो त्यो कानून ५ पाउन्डभन्दा माथिका वस्तु फुट्दा लागू नहुने बताए । तसर्थ फ्लोयडलाई सिसाको केस फुटाएकोमा दोषी ठहर गरियो र उनीमाथि ३ पाउन्ड जरिवाना लगाइयो । 

पछि ब्रिटिश म्युजियमले जब अनुसन्धान गर्यो तब पत्ता लाग्यो कि विलियम फ्लोयडको वास्तविक नाम विलियम मुलकाही थियो । यद्यपि, ब्रिटिश म्युजियमले उनलाई पुनः कुनै कारवाही गरेन किनभने विलियमको मानसिक अवस्था ठिक थिएन । 

सन् १८४५ मा जब फूलदानी फुट्यो तब त्यसलाई त्यहि बेला जोडियो तर त्यो पूर्ण रुपमा ठिक हुन सकेन । त्यसको १०३ वर्षपछि  मात्रै सन् १९४८ मा यो पूर्ण रुपमा ठिक भयो । सन् १९८८ मा यसलाई संग्रहालयमा पुनः राखियो । 


७ फेब्रुअरीका अन्य महत्वपूर्ण घटनाः

२००१ः इजराइलका प्रधानमन्त्री एहुद बराकले चुनाव हारेपछि एरियल शेरोन नयाा प्रधानमन्त्री बने । 

१९६२ः जर्मनीको एक कोइला खानीमा बिस्फोट हुँदा २९८ मजदुरको मृत्यु भएको थियो । 

१९५९ः फिडेल क्यास्त्रोले क्यूबामा नयाँ संविधानको घोषणा गरे । 

१९४०ः बेलायतमा रेलवेको राष्ट्रियकरण भयो ।

१९१५ः गुडिरहेको रेलबाट पठाएको वायरलेस मेसेज रेलवे स्टेशनले पायो

१८३१ः बेल्जियममा संविधान लागू भयो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप