शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ भर्ना भएका विद्यार्थीका लागि ब्रिटिस कलेजको अभिमुखीकरण कार्यक्रम

सोमबार, २६ माघ २०७७, १३ : ३९
सोमबार, २६ माघ २०७७

काठमाडौं । थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले नयाँ भर्ना भएका बिद्यार्थीहरुको लागि अभिमुखीकरण (ओरिनटेसन) कार्यक्रम सम्पन्न गरेको छ । जनवरी तथा फेब्रुअरी इन्टेकको लागि भर्ना भएका विद्यार्थीहरुलाई सहभागी गराई आइतबार कलेजले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न कार्यक्रममा बीएस्सी हन्स, कम्प्युटिङ, बीबीए तथा बीएचएममा भर्ना भएका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कोभिड– १९ को महामारीको कारण सन् २०२० मा कक्षाहरु भर्चुअल संचालन भएकोले विद्यार्थीहरु पहिलो पटक साक्षात्कार भएका हुन् । 

हाल नेपालमा कोरोना संक्रमितको संख्या कम हुँदै गइरहेको अवस्थामा कलेजले ओरिएटेसन कार्यत्रमको आयोजना गरेको जनाएको छ। नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको बेलामा पनि कलेजले विद्यार्थीहरुलाई प्रभावकारी ढंगले अनलाईन शिक्षा प्रदान गर्दै आइरहेको छ । सो समयमा कलेजले अनलाईनबाट पाठ्यक्रमलाई अघि बढाउने मात्र नभई बिभिन्न सेसनहरु, वेभमिनार तथा ग्राजुयसन कार्यक्रमको पनि आयोजना गरेको थियो ।

हालको अवस्थामा दैनिक रुपमा नयाँ संक्रमितको संख्या कम हुँदै गएपनि सरकारले तय गरेको मापदण्डलाई लागू गर्दै सुरक्षित तरिकाले ओरिनटेसन कार्यक्रम सम्पन्न भएको कलेजले जनाएको हो । 

कार्यक्रममा कलेजका प्रिन्सिपल तथा अन्य पदाधिकारिहरुसँगै पार्टनर युनिभर्सिटी लिड्स बेकेट तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्यान्डका पदाधिकारिहरुको मन्तव्यको भिडियो प्रस्तुत गरिएको थियो । उनीहरुले कोभिड– १९ को अवस्था अझै सामान्य नबनेकोले यो समयमा स्वास्थ्य सतर्कतामा बिषेश ध्यान दिन विद्यार्थीहरुलाई सचेत गराए । साथै, यो अवस्थामा पनि गुणस्तरिय शिक्षा प्रदान गर्नमा कूनैपनी सम्झौता नहुने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यत्रममा प्रोग्राम लिडर तथा विद्यार्थीहरुले नै प्रेरणादायी कुरा तथा बिभिन्न सेसनहरुको आयोजना समेत भएको थियो । विद्यार्थीहरुले भने ब्रिटिस कलेजको विद्यार्थी भइसकेपछिको अनुभव तथा आगामी दिनमा हुने अपेक्षाको बारेमा बताएका थिए ।

कलेजले हाल विद्यार्थीहरुको भौतिक उपस्थितिमा र अनलाइनबाट पनि कक्षा लिइरहेको छ । नयाँ विद्यार्थीहरुलाई पनि दुबै तरिकाबाट कक्षा लिइने कलेजले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप