बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रवासी एकतामञ्च यूके विभाजित, ओली समूहले भक्त गुरुङलाई अध्यक्ष बनायो

सोमबार, २६ माघ २०७७, १४ : ०७
सोमबार, २६ माघ २०७७

नेकपा निकट प्रवासी नेपाली एकता मञ्च यूके विभाजित भएको छ । नेकपाको ओली समूहले आइतबार विशेष भेलामार्फत् भक्त गुरुङको नेतृत्वमा संगठन पुनर्गठनको घोषणा गरेको हो ।

भेलाले १२५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ, भने बाँकी केही सदस्यहरु पछी थप गरिनेछ । बेलायतका सबै क्षेत्रको प्रतिनिधित्व गर्ने विभिन्न ५ वटा इलाका समिति पनि घोषणा गरिएको छ ।

मञ्चको केन्द्रीय कार्यसमितिमा १२ जना उपाध्यक्ष, एक महासचिव, तीनजना उपमहासचिव र एक-एक जना कोषाध्यक्ष एवम् सह-कोषाध्यक्ष चुनिएका छन् । भेलाले मञ्चअन्तर्गत विभिन्न दुई दर्जन बढी विभाग समेत घोषणा गरेको छ ।

मञ्चको महासचिवमा सुरेशजंग शाह चुनिएका छन् । मञ्चका १२ जना उपाध्यक्षमा सुरेन्द्र थपलिया, विनोद ज्ञवाली, तुंगभद्र भुषाल, सरस्वती केसी, धनबहादुर क्षेत्री, विजयविक्रम लिंगदेन, रमेश बाँस्तोला, दासुराम पाण्डे, ह्याम शेरचन, हरिगोविन्द गुरुङ, नरेन्द्र कंडेल र पशुपति पोखरेल छन् ।

तीन जना उपमहासचिवमा डा. मुकुन्द बाँस्तोला, यादव श्रेष्ठ र हेम लिम्बू चुनिएका छन् भने कोषाध्यक्षमा पुण्य रेग्मी र सह-कोषाध्यक्षमा लिलामान शेरपुञ्जा छन् ।

क्षेत्रीय समितिहरुमा साउथ वेष्टमा रामकुमार गुरुङ, स्कटल्याण्डमा जोनी पहारी, नर्थ वेष्टमा अर्जुन चापागाईं, साउथ इष्टमा केदार थपलिया र मिडल्याण्ड नर्थमा तारानाथ भण्डारी अध्यक्ष चयन भएका छन् । यसैगरी प्रकाश कंडेल, रबि घिमेरे, मधु पन्थ, बिर बलाल, मुकुन्द खराललाई पनि चयन गरिएको छ ।

भेलालाई गृहमन्त्री एवम् नेकपा सचिवालय सदस्य रामबहादुर थापाले प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका थिए । विशेष अतिथिद्धय सुवासचन्द्र नेम्वाङ, टोपबहादुर रायमाझी साथै प्रवास इन्चार्ज डा. राजन भट्टराई लगायतले पनि सम्बोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप