
बीएस्सी नर्सिङ्गमा नोबेलको सत प्रतिशत नतिजा

विराटनगरस्थित नोवेल मेडिकल कलेजले बिएस्सी नर्सिङ्ग चौथो बर्षमा सत प्रतिशत नतिजा ल्याउन सफल भएको छ । चिकित्सा शिक्षामा अब्बल मानिदै आएको नोबेलले यस बर्ष बिएसी नर्सिङ्ग चौथो बर्षमा सत प्रतिशत नतिजा ल्याउन सफल भएको हो ।
नोबेलमा बिएस्सी नर्सिङ्ग चौथो बर्षमा २० जना विद्यार्थी अध्ययनरत थिए । उनीहरु सबैजना उत्रीर्ण भएको नोबेल मेडिकल कलेजका शैक्षिक कार्यक्रम संयोजक डिल्लीराम निरौलाले जानकारी दिए । गत महिना प्रकाशित नतिजामा पनि नोबेलले बिडिएस प्रथम र दोस्रो बर्षमा सत प्रतिशत नतिजा ल्याएको थियो ।
नोबेलमा डिएम एमसीएच, एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, वीएनएस, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ