बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

मङ्गल ग्रहमा ट्राफिक जाम

बुधबार, २८ माघ २०७७, १६ : ३१
बुधबार, २८ माघ २०७७

पृथ्वीको छिमेकी ग्रह मङ्गलको आकाशमा ट्राफिक जामको अवस्था आउने सङ्केत देखिएको छ । एकपछि अर्को गरी तीन देशका छुट्टाछुट्टै यान मङ्गल ग्रहको अन्तरिक्षमा प्रवेश गर्न गइरहेका छन् ।

युनाइटेड अरब एमिरेट्स, चीन र अमेरिकाले पठाएका यान एकपछि अर्को गरी मङ्गल ग्रहको परिक्रमा गर्दै ल्यान्डिङ गर्ने क्रममा रहेका छन् । यस क्रममा यूएईको अन्तरिक्ष यान 'होप' मङ्गलको धेरै नजिक पुगिसकेको छ । यसले आज नै मङ्गल ग्रहको कक्षामा प्रवेश गर्ने सम्भावना छ । यूएईको यस मङ्गलयानपछि चीन र अमेरिकाको मङ्गल अभियानका आर्बिटर मङ्गलको कक्षामा प्रवेश गर्न गइरहेका छन् ।

युएइको हाेप प्रोब। https://www.emiratesmarsmission.ae

चीनको मंगल अभियान– तियानवेन– १ । https://s.france24.com

८, १० दिनको समयान्तरालमै पहिलो पटक तीन देशका बेग्लाबेग्लै अन्तरिक्ष यान मङ्गलमा पुग्न गइरहेका छन् । यी तीनवटै अभियानको उद्देश्य मङ्गल ग्रहको धरातलमा ओर्लिने पनि रहेको छ ।

सात महिना पहिला पृथ्वीबाट प्रक्षेपित गरिएका यी तीनवटै मङ्गल अभियानका यान केही दिनको फरकमा मङ्गलको कक्षामा प्रवेश गर्न गइरहेका छन् । क्रमशः यिनले मङ्गल अवतरणको प्रयास गर्ने छन् । यस क्रममा अमेरिकी यानले फेब्रुरी १८ का दिन मङ्गलमा ल्यान्डिङ गर्ने अनुमान गरिएको छ ।

अमेरिकाकाे भाइकिङ । https://mars.nasa.gov

अहिलेसम्म मङ्गल ग्रहको धरातलमा अवतरण गर्ने श्रेय अमेरिकासँग मात्रै छ । अमेरिकाका विभिन्न यानले ८ पटक मङ्गलमा टेकिसकेका छन् । अमेरिकाले १९७० कै दशकमा मङ्गल ग्रहमा सफल अवतरण गरेको थियो । १९७६ मा अमेरिकाको भाइकिङ १ र भाइकिङ २ अभियानले मङ्गल विजय गरेको थियो । १९९७ मा अमेरकी मङ्गल अभियान का 'पाथफाइन्डर लैन्डर र सोजार्नर रोवरले मङ्गल ग्रहको सफल आरोहण गरेर तहलका मचाएका थिए । अमेरिकाका दुईवटा ल्यान्डर अहिले पनि मङ्गल ग्रहमा विचरण गरिरहेका छन् ती हुन इन्साइट र क्युरियोसिटी ।

मङ्गल ग्रहको अन्तरिक्षमा भने यी तीनवटा अभियानका आर्बिटर पुग्नुभन्दा पहिला नै ६ वटा आर्बिटर रहेका छन् । यी सबैले मङ्गल ग्रहका बारेमा विभिन्न जानकारी पठाउने काम गरिरहेका छन् । यसमा तीनवटा आर्बिटर अमेरिकाका २ वटा आर्बिटर युरोपियन स्पेस एजेन्सीका र एउटा भारतको रहेको छ ।

Title Photo: https://spacenews.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप