ad
केन्द्रीय संस्करण
धर्म/संस्कृति

शालीनदी माधवनारायण व्रतालुको परदेश यात्रा, तस्बिरमा हेर्नुहोस्

person explore access_timeमाघ २९, २०७७ chat_bubble_outline0

साँखुस्थित शालीनदीमा माधवनारायण व्रत बसेका व्रतालुले परदेश यात्रा गरिरहेका छन् । परदेश यात्राका क्रममा व्रतालु खाली गोडा हिँडेरै जानुपर्ने नियम छ । जसअनुसार व्रतालु माघ २७ गते शालिनदीबाट बज्रयोगिनी ढोकासम्म दुंदनेगु (अष्ठाङ्ग दण्डवत गर्दै गएका थिए । यस्तै आज साँघुबाट व्रतालु बज्रयोगिनी हुँदै पशुपति पुगेका हुन् । पशुपतिमा उनीहरुले स्थानका साथै दर्शन गरेका छन् । 

माघ २९ गते पशुपतिबाट फर्पिङ व्रतालु फर्किङ बास बस्न पुग्नेछन् । त्यसको भोलिपल्ट उनीहरु साँखु पुग्नेछन् ।  यस्तै फागुन २ गते साँखुबाट पनौती बास बस्न जाने छन् भने पनौतीबाट फेरि साँखु बास बस्ने गरी व्रतालु फर्कनेछन् । 
यस्तै व्रतालुले फागुन ४ गते श्रीपञ्चमी पर्व मनाउने छन् भने फागुन ७ गते लगला सप्तमी पर्व मनाएर फागुन ९ गते द्रोण नवमीका दिन व्रतालुलाई खीर खुवाइने प्रचलन रहेको छ । 
यस्तै द्रोण नवमीको भोलिपल्ट साँखुबाट चाँगुनारायणमा बास बस्ने गरी परदेश यात्रा गर्ने माधवनारायण व्रत विधि छ । फागुन १२ गते चाँगुनारायणबाट साँखुमा बास बस्न बस्ने, फागुन १४ गते देव निमन्त्रणा गरी फागुन १५ गते अश्वमेध यज्ञ अर्थात् व्रत साङ्गे गरिन्छ । 

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत माघ १५ देखि सुरु भएको थियो । 

व्रतालुको पशुपति स्नान र दर्शनको तस्बिरहरु:


 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.