शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डोनल्ड ट्रम्पलाई  ठूलो राहतः सिनेटमा रिपब्लिकन पार्टीले जोगायो

आइतबार, ०२ फागुन २०७७, १० : ०१
आइतबार, ०२ फागुन २०७७

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई सिनेटले  ६ जनवरीमा संसद भवनमा भएको हिंसा भड्काएको आरोपबाट मुक्त गरेको छ ।

यसअघि सिनेटले शनिबार पाँचौं दिन ट्रम्पविरुद्ध दोस्रो पटक लगाइएको महाभियोग प्रस्तावमाथि सुनुवाई पूरा गरेर मतदान गरेको थियो ।

सिनेटमा ५७ सांसदले उनलाई दोषी बताए भने ४३ सांसदले उनलाई दोषी मानेनन् । यस्तोमा ट्रम्पलाई दोषी ठहर गर्नका लागि सिनेटलाई जुन दुई तिहाई बहुमत अर्थात् ६७ भोटको आवश्यकता पर्दथ्यो त्यो पाउन सकिएन ।

शनिबार डेमोक्रेट्सले आफ्नो पक्ष राखेपछि ट्रम्पको पक्षमा आफ्ना कुरा राख्नका लागि दुई घण्टाको समय दिइयो, तत्पश्चात् संसदमा यसमाथि भोटिङ भयो ।

ट्रम्पका वकिल माइकल वान डेर वीनले उनको बचाउमा भने, ‘संसदमाथि हमला सुनियोजित थियो र यसका लागि निकै अघिदेखि योजना बनाइएको थियो, यो घटनालाई ट्रम्पको भाषणसँग जोडेर हेर्नु हुँदैन ।’

उनले ट्रम्पप्रति आफ्नो पक्ष राख्दै भने, ‘अभियोजन पक्षले जुन मामिला ल्याएको छ, त्यसको कुनै कानूनी आधार छैन । सिनेटले हाल राष्ट्रिय हितसँग सम्बन्धित गम्भीर मुद्दामा ध्यान दिनुपर्छ र सुनुवाई चाँडोभन्दा चाँडो समाप्त गर्नुपर्छ । ’

बीबीसी संवाददाता बारबरा प्लेट अशरले भनिन्, ‘यो यस्तो निर्णय हो जसको सबैले अपेक्षा गरेका थिए । तर यो दिन ड्रामाले भरपुर रह्यो । रिपब्लिकन पार्टीका सात नेताले डेमोक्रेट्सलाई साथ दिए र ट्रम्पविरुद्ध भोट गरे ताकि संसद् भवनमा भएको हिंसा भड्काएको मामिलामा ट्रम्पलाई दोषी ठहर गर्न सकियोस् । ’

यद्यपि, अन्त्यमा ट्रम्पलाई दोषी ठहर गर्नका लागि आवश्यक दुई तिहाई बहुमत पाउन सकिएन तर यो आफैंमा एउटा ऐतिहासिक थियो ।

बारबरा थप्छिन्, ‘ट्रम्प देशका पहिलो यस्ता राष्ट्रपति हुन् जसमाथि दुई पटक महाभियोगको मुद्दा चलाइयो र पहिलो यस्ता व्यक्ति हुन् जसविरुद्ध उनकै पार्टीका सबैभन्दा धेरै नेताहरुले भोट गरे ।’

सिनेटको निर्णय सार्वजनिक भएपछि ट्रम्पको कार्यालयबाट एउटा बयान जारी गर्दै भनियो, ‘देशको इतिहासमा कुनै एक व्यक्तिलाई फसाउने कोसिसको यो अर्को एउटा चरण हो ।’

उत्तरी अमेरिकाका लागि बीबीसी संवाददाता एन्थनी जर्चरले भने, ‘ट्रम्प अर्को पटक महाभियोगबाट बच्न सफल भए किनभने रिपब्लिकन पार्टीका उनका साथीले उनको समर्थन गरे ।

उनी भन्छन्, ‘शनिबार सिनेटको निर्णयलाई ट्रम्पको जीतको रुपमा हेर्नुपर्छ । त्यसपछि यदि ट्रम्पले चाहेको खण्डमा सन् २०२४ मा एकपटक पुनः राष्ट्रपतिको पदका लागि चुनाव लड्नका लागि योग्य छन् ।’

महाभियोगको मामिलामा पार्टीका केही नेताबाहेक अन्यको समर्थन ट्रम्पसँगै रह्यो । ट्रम्पले जसको समर्थन पाएनन् उनीहरुले आलोचनाको सामना गर्नु परिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप