बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘टप अफ’ विद्यार्थीको लागि ब्रिटिस कलेजको अभिमुखिकरण कार्यक्रम

आइतबार, ०२ फागुन २०७७, १५ : ५१
आइतबार, ०२ फागुन २०७७

काठमाडौं । थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले अन्य कलेजबाट आएका (टप अफ) विद्यार्थीहरुको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । जनवरी तथा फेब्रुअरी इन्टेकको लागि आएका विद्यार्थीहरुलाई सहभागी गराएर बिहीबार कलेजले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कुपण्डोलस्थित हिमालय होटेलमा सम्पन्न कार्यक्रममा बीएस्सी हन्स कम्प्युटिङ तथा बीएचएममा भर्ना भएका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कोभिड– १९को महामारीको कारण सन् २०२०मा कक्षाहरु भर्चुअल संचालन भएकोले विद्यार्थीहरु पहिलो पटक साक्षात्कार भएका हुन् । 

हाल नेपालमा कोरोना संक्रमितको संख्या कम हुँदै गइरहेको अवस्थामा कलेजले अभिमुखिकरण कार्यत्रmमको आयोजना गरेको हो । नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको बेलामा पनि कलेजले विद्यार्थीहरुलाई प्रभावकारी ढंगले अनलाइन शिक्षा प्रदान गर्दै आइरहेको छ । सो समयमा कलेजले अनलाइनबाट पाठ्यक्रमलाई अघि बढाउने मात्र नभई बिभिन्न सेसनहरु, वेभिनार तथा ग्राजुयसन कार्यक्रमको पनि आयोजना गरेको थियो ।

हालको अवस्थामा दैनिक रुपमा नयाँ संक्रमितको संख्या कम हुँदै गए पनि सरकारले तय गरेको मापदण्डलाई लागु गर्दै सुरक्षित तरिकाले अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा कलेजका प्रिन्सिपल तथा अन्य पदाधिकारिहरुसँगै पार्टनर युनिभर्सिटी लिड्स बेकेट तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्यान्डका पदाधिकारिहरुको मन्तव्यको भिडियो प्रस्तुत गरिएको थियो । उनीहरुले कोभिड– १९ को अवस्था अझै सामान्य नबनेकोले यो समयमा स्वास्थ्य सतर्कतामा विशेष ध्यानाकर्षको लागी विद्यार्थीहरुलाई सचेत गराए । साथै, यो अवस्थामा पनि गुणस्तरिय शिक्षा प्रदान गर्नमा कुनैपनी सम्झौता नहुने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यत्रmममा प्रोग्राम लिडर तथा विद्यार्थीहरुले नै प्रेरणादायी कुरा तथा बिभिन्न सेसनहरुको आयोजना समेत भएको थियो । विद्यार्थीहरुले भने ब्रिटिस कलेजको विद्यार्थी भइसकेपछिको अनुभव तथा आगामी दिनमा हुने अपेक्षाको बारेमा बताएका थिए ।

औपचारिक कार्यक्रमको समापन कलेजका एशोसिएट डीन अरुणलाल जोशी गरेका थिए । औपचारिक कार्यक्रमको अन्त्य भएपछि विद्यार्थी तथा सहभागीहरु लञ्च तथा चियापान समारोहमा सहभागी भएका थिए । सो समारोहपछि विद्यार्थीहरुबीचको सौधारता र घुलमील बढाउने उद्देश्यले बिभिन्न खेलहरु पनि खेलाइएको थियो ।

कलेजमा हाल विद्यार्थीहरुको भौतिक उपस्थिति तथा अनलाइनबाट कक्षा लिइरहेको छ । नयाँ विद्यार्थीहरुलाई पनि दुबै तरिकाबाट कक्षा लिइने भएको छ । भौतिक उपस्थितिमा कक्षा लिइए पनि कलेजको हातामा अनिवार्य मापदण्ड अपनाउनुपर्ने व्यवस्था मिलाइएको कलेजले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप