
माया त माया हो : समलिङ्गीहरुले यसरी मनाए भ्यालेन्टाइन्स डे
‘केपी ओली आई लभ यू होइन, विधिको शासन आई लभ यू’

नेपालमा अझै पनि समलिङ्गीहरुलाई हेयको दृष्टिले हेरिन्छ । समाजको डरले धेरै जना अझै पनि खुलेर बाहिर आउन सकेका छैनन् । तर, पछिल्लो समय भने उनीहरु बिस्तारै खुल्न थालेका छन् । उनीहरु गर्वका साथ समलिङ्गी हौँ भन्न डराउँदैनन् ।
आज भ्यालेन्टाइन्स डे अर्थात् प्रेमको दिन । समलिङ्गी भए पनि आखिर माया त माया नै हो । यही भावका साथ समलिङ्गीहरुले आज जनचेतनामूलक कार्यक्रमसहित प्रणय दिवस मनाएका छन् । कार्यक्रममा राजनीतिक नारा रहेको प्लेकार्ड पनि देखिएको थियो । जसमा लेखिएको थियो : केपी ओली आई लभ यू होइन, विधिको शासन आई लभ यू ।
हेरौँ केही तस्विरहरुः

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
सुवास श्रेष्ठ
सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।
तपाईको ईमेल गोप्य राखिनेछ